ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट हुने चार्टर उडान पुनः सुचारु गर्ने सरकारको निर्णय

विदेशबाट आउनुपूर्व नै होटल बुक गर्नुपर्ने

२०७७ भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

भदौ ४, काठमाडौं । सरकारले विदेशबाट हुने चार्टर उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान शुरु गर्दै नेपाल आउने नेपाली नागरिकहरुले सात दिनसम्म काठमाडौंमा होटलको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ ।  

यस्तै बैठकले स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि गरेको छ । कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले तयार गरेको प्रस्ताव अनुरुप सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः शुरु गर्ने निर्णय समेत गरेको हो । 

जसअनुसार विदेशमा समस्यामा परेका नेपाली ल्याउन दैनिक ३ ओटा चार्टर उडान गरिने छ । बैठकले नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र सम्बन्धित देशमा सहज ढंगले आवतजावतको व्यवस्था गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

काठमाडौंमा कोराना संक्रमणको दर बढेसँगै सरकारले विदेशबाट आउनेहरुको उचित व्यवस्थापन आवश्यक भएको भन्दै दुई दिन अगाडि चार्टर उडान रोक्ने निर्णय गरेको थियो । जसले गर्दा स्वदेश आउन ठिक परेका नेपालीहरु समस्यामा परेका थिए ।

यस्तै सरकारले निजी अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार खर्च पनि व्यहोर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमितले अस्पताल भरिभराउ हुन थालेपछि सरकारले निजी अस्पताललाई प्रोत्साहन स्वरुप यस्तो निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले उद्योग तथा कलकारखानाका कच्चा पदार्थ बोकेका ढुवानीका सवारीसाधन चल्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि उद्योग कलकारखानाका लागि कच्चापदार्थ बोकेका मालबाहक सवारीसाधनलाई चल्न पाउने भएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)