ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा प्रयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२०७७ भदौ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेटमा अंगे्रजी वा नेपाली भाषा प्रयोगको विवाद फेरि सतहमा आएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बरप्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न लगाउने प्रतिबद्धता गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले बुधवार यस विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराएपछि प्रधानमन्त्रीले नेपाली भाषाको प्रयोग गराउन आपूm गम्भीर रहेको भन्दै सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरी अंग्रेजी भाषाको प्रयोग हुन लागेको भए रोक्ने प्रतिबद्धता गर्नुभएको हो । ‘प्रधानमन्त्रीले मन्त्रालयमा यथाशीघ्र भाषाको काम हेरफेर गर्न निर्देशन दिने आश्वासन दिनुभएको छ,’ कुलपति उप्रेतीले बताए ।

प्रधानमन्त्रीले आश्वासन दिए पनि सर्वोच्च अदालतले यसअघि नै इम्बोस्ड नम्बरप्लेटमा अंग्रेजी भाषा प्रयोगको बाटो खुला गरिसकेको छ । यातायात व्यवस्था विभागले २०७४ जेठमा बंगलादेशी कम्पनी डेकाटुर टाइगरलाई ४ अर्ब ७८ करोड रुपैयाँमा इम्बोस्ड नम्बर जडानको सम्झौता गरेको थियो ।

नेपालको संविधानमा सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने व्यवस्था भएको, तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको गरिएको भन्दै सर्वोच्चमा सोविरुद्ध रिट दायर
गरिएको थियो ।

त्यसपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलाशले २०७४ फागुन दोस्रो साता सो रिटको सुनुवाइ गर्दै अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट जडानको काम रोक्न अन्तरिम आदेश दियो । त्यसको झन्डै २ वर्षपछि २०७६ मंसिर २७ गतेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले अदालतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडानविरुद्धको रिट नै खारेज गरेको थियो ।

अदालतमा रिट पर्ने बेलासम्म विभागले ४ हजार ६०० सवारीमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसकेको थियो । सर्वोच्चले इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेपछि विभागले साउन १ गतेदेखि इम्बोस्ड नम्बरप्लेट जडानका लागि आवेदन पुन खुला गरेको छ । विभागका अनुसार हालसम्म विभागमा ६ हजार सवारीसाधनले इम्बोस्ड नम्बरप्लेट जडानका लागि आवेदन दिएका छन् । तीमध्ये करीब ७०० ओटा नम्बरप्लेट छापिसकिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘सर्वोच्चले रिट खारेज गरेर यथास्थितिमा काम अघि बढाउने बाटो खोलेपछि हामीले प्रिन्टिङको काम अघि बढाएका थियौं । हामीलाई रोक्न कुनै पनि आदेश आएको छैन । रोक्ने आदेश आएमा हामी काम रोक्छौं,’
उनले बताए ।

विभागले बंगलादेशी कम्पनीसँग ३९ महीना अगाडि इम्बोस्ड नम्बरप्लेट जडानका लागि सम्झौता गर्दा कम्पनीले २०७९ भित्र ५ लाख सवारीसाधनमा नम्बरप्लेट जडान गर्ने प्रावधान राखेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)