ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारीबाट फर्किएका युवाको प्रगति :फलफूल र पशुपालनबाट वार्षिक रू. ३० लाख आम्दानी

२०७७ भदौ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । समयको माग र उपभोक्ताको चाहनालाई पहिचान गरी परिश्रम गर्ने हो भने आफ्नै गाउँठाउँ र आफ्नै पाखापखेरामा पनि मनग्गे आम्दानी गर्न सकिदोरहेछ भन्ने गतिलो उदाहरण बनेका छन् म्याग्दीका तिलक गुरुङ । २० वर्ष अघिसम्म अनकन्टार पाखो भनेर कसैले वास्ता नगरेको पाखो बारीमा खनीखोस्री गरी तरकारी, फलफूल र पशुपालन गरेका गुरुङले अहिले सोही ठाउँबाट वार्षिक रू. ३० लाख भन्दा बढी आम्दानी गर्न थालेका छन् ।

वैदेशिक रोजगारीका क्रममा ७ वर्ष साउदी अरेबिया चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किंदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका गुरुङले गाउँमा फर्किएर फलफूल, तरकारीखेती र पशुपालन शुरू गरेका थिए ।

२०६७ सालदेखि कृषि क्षेत्रमा लाग्नु भएका गुरुङको अहिलेको अवस्था देखेर सबै छक्क पर्ने गरेका छन् । २०६७ सालमा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ १० वर्षको यो अवधिमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने किसानका रूपमा चिनिएका छन् ।

गुरुङको गोठमा अहिले ९ ओटा दुहुना भैंसी र ४ ओटा गाई छन् । उनले दैनिक ६० लिटर दूध विक्री गर्दै आएको बताए । ‘दैनिक ६० लिटर दूध विक्री गरेर मासिक रू. १ लाख ५० हजार कमाइ हुन्छ’, गुरुङले भने । बेनीमा प्रतिलिटिर रू. १०० मा दूध विक्री हुन्छ ।

त्यसैगरी गुरुङले भैंसीको अलवा आधुनिक तरीकाबाट कुखुरापालन समेत गरेका छन् । अहिले कुखुराको फार्ममा ३० हजार ओटा कुखुरा छन् । ‘कुखुराबाट मासिक रू. ३ लाख भन्दा बढी कमाइ हुन्छ’, गुरुङले भने । कुखुराको दानालगायत अन्न पारिश्रमिक खर्च कटाउँदा मासिक रू. १ लाख भन्दा बढी बचत हुने गरेको उनको भनाइ छ ।

१५ वर्षअघि रू. २ लाख ऋण खोजेर साउदी गएका गुरुङ ५ वर्षसम्म काम गर्दा पनि गएको ऋण समेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको भारी बोकेर गाउँ फर्किएका थिए । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्किएपछि धेरैले उनको कुरा काट्न थाले ।

सरसापट र ऋण समेत गाउँमा पाउन नसक्ने अवस्था भयो, तर उनले हिम्मत हारेनन् । आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तीय संस्थाबाट रू. ७० हजार ऋण लिएर भैंसी किनेर दूध बेच्न थाले । १० वर्षअघि एउटा भैंसी पालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । सबै खर्च कटाएर उनको मासिक कमाइ रू. २ लाख ५० हजार भन्दा बढी छ ।

त्यसैगरी गुरुङले घर वरपरको जग्गामा सुन्तला लगाएका छन् । गुरुङको बारीमा रहेका ५०० ओटा भन्दा बढी सुन्तलाका बोटहरूमध्ये ४०० ले फल दिन्छन् भने १०० ओटा विरुवा २ वर्षअघि लगाएको उनले बताए । सुन्तला बेचेर सिजनमा रू. ७ लाखसम्म कमाउने गरेका उनी बताउँछन् । गुरुङका अनुसार वार्षिक रू. ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रू. ३० लाख बचत हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)