ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेरुजु फर्छ्योट गराउन समिति गठन

२०७७ भदौ, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पछिल्लो समयमा प्रदेशका विभिन्न मन्त्रालयमा बढ्दै गएको बेरुजु फछ्र्योट गराउन अनुगमन तथा मूल्यांकन गर्ने समिति बनाउने निर्णय गरेको छ । मुलुकमा तीन तहका सरकार बनेको लामो समय बितिसक्दा समेत बेरुजुको रकम चुलिएपछि प्रदेश सरकारले बढ्दो बेरुजु रोक्न र फछ्र्योट गराउन प्रमुख सचिवको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन गर्ने समिति गठन गरेको हो ।

समितिमा प्रमुख सचिव संयोजकसहित समितिका सदस्यमा आर्थिक मामिला सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव र प्रमुख प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख रहने  गरी ४ सदस्यीय समिति गठन गरिएको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गत भदौ ३ गते बसेको बैठकको निर्णय सोमवार सुनाउँदै सरकारले बढ्दो बेरुजु नियन्त्रण तथा फछ्र्योट गर्न समिति गठन गरी काम अगाडि बढाइएको जानकारी दिएका हुन् ।  

यसैगरी मन्त्रिपरिषद् बैठकले पोखरा–७ शहीदचोकस्थित १ हजार ५४२ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृति दिन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रवक्ता बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सवइन्जिनीयर र इन्जिनीयर राख्न स्वीकृत गरेको बताए । उनका अनुसार सरकारले गत वर्ष पनि ८८ जना सवइन्जिनीयर र इन्जिनीयरहरू प्रक्रिया पु¥याएर दरबन्दी व्यवस्थापन गरेको थियो । त्यसैगरी पोखरा–२७ लेखनाथस्थित सरुवा रोग अस्पतालमा १०० शøया राख्नका लागि आवश्यक सृदृढीकरण र साधनस्रोत संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको उनले बताए । प्रदेश सरकारले गत महीना साविक लायन्स सामुदायिक अस्पताललाई कोभिड–१९ लक्षित गरी सरुवा रोग अस्पतालको रूपमा विकास गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)