ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम सडक ३५ दिनपछि सुचारु

२०७७ भदौ, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गत साउन ५ गतेको भीषण वर्षासँगै आएको बाढीपहिरोका कारण ठाउँठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमवारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको ७६ किलोमिटर बेनी–जोमसोम खण्डको विभिन्न स्थानमा मर्मत गरिएपछि ३५औं दिनमा एकतर्फी यातायात सञ्चालन हुनेगरी सडक सञ्चालनमा आएको हो ।

सडक खण्डको सबैभन्दा जोखिमपूर्ण मानिएको दाना काभ्रेभीर खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाएर सडक मर्मत गरेपछि एकतर्फी रूपमा यातायातका साधनहरू सञ्चालन हुन सक्ने भएको बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी कोरिडोर) को काम गरिरहेकोे शर्मा गजुरमुखी कम्पनीका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनी, संघ तथा प्रदेश सांसद, प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिको सामुहिक पहलमा सोमवारदेखि बेनी–जोमसोमको सिधा ट्र्याक खुला भएको हो । साउन ५ गतेको वर्षाले सडकको दर्जनौं स्थानमा बाढीरपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभीरमा गत शुक्रवार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो  खस्दा उपकरणमा क्षति पुग्नाका साथै सडक मर्मतको काम समेत अवरुद्ध बनेको थियो । मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको सबैभन्दा जोखिम र अप्ठ्यारो सडकको रूपमा काभ्रेभीर सडक मानिएको छ ।

बेनी–जोमसोम सडकको सिधा यातायात सञ्चालन गर्न म्याग्दीको रूपसेमा करीब २०० मिटर सडक डाइभर्सन निर्माण गरी एकतर्फीरूपमा सञ्चालन गरिएको छ । त्यसैगरी दानामा सव–बेस निर्माण गरेर यातायात सञ्चालन गर्न मिल्ने बनाइएको छ भने गलेश्वरमा बाढीले क्षतिग्रस्त बनाएको बेलीब्रिज मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सडक सञ्चालनमा आएपछि मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दाहरू खुशी भएका छन् । उत्तरी म्याग्दी र मुस्ताङ पुग्न निर्विकल्प यो सडकमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानीका साथै आवतजावतमा समेत समस्या उत्पन्न भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)