ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना रोकथामका लागि बेनी नगरपालिकामा ८१ लाख खर्च

२०७७ भदौ, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८१ लाख रुपैयाँ खर्च गरेको छ । सोमवार नगरपालिकाद्वारा आयोजित ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाद्वारा गरिएको खर्च विवरण सार्वजनिक’ कार्यक्रममा हालसम्म ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको जानकारी गराइएको हो । नगरपालिकाले बेनीमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरीद लगायत शीर्षकमा उक्त रकम खर्च भएको बताएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले लकडाउनको अवधिमा समस्या परेका गरीब, विपन्न र मजदूर परिवारलाई २९ लाख ४४ हजार ६ सय १७ रुपैयाँ राहत वितरण गरिएको जानकारी दिए । यस्तै कोरोना संक्रमितको उपचारका लागि १० शøयाको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधि उपकरण खरीदमा १५ लाख ६५ हजार ९६३ रुपैयाँ, क्वारेन्टाइनमा खाना खर्च १३ लाख ५८ हजार ७९८, उद्धारका लागि यातायातमा ३ लाख ५ हजार ३४९ रुपैयाँ र स्वयम्सेवक खर्चमा २ लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको विवरण उनले सुनाए ।

नगरपालिकाको कोरोना कोषमा नगरपालिकाले १ करोड ६ लाख ५ हजार रुपैयाँ सहित विभिन्न संघसंस्था र निकायहरू बेनी खानेपानी उपभोक्ता संस्थाले १ लाख, प्रदेश सरकारले १० लाख, अर्थ मन्त्रालयले २ लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरूले १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिले २ लाख २९ हजार ८६१, कर्मचारीले १ लाख ६९ हजार १५५ रुपैयाँ सहयोग गरेको जानकारी गराइएको थियो । त्यस्तै कोरना रोकथाम र नियन्त्रणमा नगरवासीलाई सुसूचित गराउन नगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई आलोपालो रूपमा वडास्तरबाट स्वयम्सेवकको रूपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)