ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास बैंक र वित्त कम्पनीका ऋणी वाणिज्य बैंकतिर

२०७७ भदौ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । विकास बैंक र वित्त कम्पनीले प्रवाह गरेको कर्जा वाणिज्य बैंकतर्पm सर्न थालेको छ । असार महीनाको कर्जा खाताको तथ्यांकले यस्तो कर्जा वाणिज्य बैंकतर्पm सरेको देखाएको छ ।

ख र ग वर्गका वित्तीय संस्थाहरूको कर्जा खाता संख्या घट्नुमा वाणिज्य बैंकले विकास बैंक तथा वित्त कम्पनीहरूलाई गाभ्नु तथा प्राप्ति गर्नु कारण रहेको बैंकरहरूको भनाइ छ । पछिल्लो समय गण्डकी विकास बैंक र मेगा बैंकबीच मर्जर भयो । साथै, कुमारी बैंक र देव विकास बैंक मर्ज भएर एकीकृत कारोबार शुरू गरे ।

गत ३ महीना (चैत, वैशाख र जेठ) मा नयाँ कर्जा प्रवाह गर्न नसकेका वाणिज्य बैंकले असारमा भने थप ४५ हजारभन्दा बढी कर्जा दिएका छन् । जेठ मसान्तसम्म २७ वाणिज्य बैंकको ११ लाख ५० हजार कर्जा खाता रहेकोमा असारमा ११ लाख ९६ हजार पुगेको छ । तर, यस अवधिमा विकास बैंक र वित्त कम्पनीको कर्जा प्रवाह संख्या भने घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० ओटा विकास बैंकको असारमा २६ हजार ७ सय ५५ ओटा कुल ऋण खाता घटेको छ । गत जेठमा ३ लाख २९ हजार ऋण खाता भएकामा असारमा ३ लाख २ हजारमा सीमित भएको छ । तर, नेपाल डेभलपमेन्ट बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष प्रद्युम्न पोखरेल विकास बैंकको ऋण वाणिज्य बैंकतर्पm खासै नसरेको तर्क गर्छन् । उनका अनुसार विकास बैंकहरू वाणिज्य बैंकसँग मर्जर तथा प्राप्तिमा गएकाले समग्रमा विकास बैंकको कर्जा प्रवाह खाता संख्या घटेको देखिएको हो ।

‘ग’ वर्गका वित्त कम्पनीहरूको कर्जा खाता पनि असार महीनामा घटेको छ । असार महीनामा २२ ओटा वित्त कम्पनीहरूको कुल कर्जा खाता संख्या १ सय ६० ओटा घटेको छ । जेठसम्ममा वित्त कम्पनीको कुल कर्जा खाता संख्या ४५ हजार ४८९ ओटा थियो ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा वाणिज्य बैंकहरूले स्कीमसहित कर्जाको ब्याजदर ≈वात्तै घटाएर ऋणीलाई आकर्षित गरेकाले केही ऋणी वाणिज्य बैंकतर्पm सरेको वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले दाबी गरे ।

गुडविल फाइनान्सका सीईओ समेत रहेका तुलाधरका अनुसार वित्त कम्पनीमा अहिले कर्जाको ब्याजदर न्यूनतम १० प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म छ । तर, वाणिज्य बैंकले ७ प्रतिशतसम्म ब्याज तोकेर ऋणी तानातान गरिरहेका छन् । लामो समयको बन्दाबन्दीले व्यवसाय नभएपछि केही ऋणीले ऋण अग्रिम भुक्तानी गरेको उनले बताए । ‘केही ऋणीले सस्तो ब्याज खोजेर ऋण स्वाप गरेर अर्को बैंकमा गए । केहीले भने आपूmसँग भएको पैसा तिरेर ऋण चुक्ता गरे । नयाँ कर्जाको आवेदन पनि आएको छैन । त्यसैले वित्त कम्पनीको कर्जा खाता घटेको हो,’ उनले भने । बैंकहरूले असारदेखि एकल अंकमा आधार दर लागू गर्दा कर्जाको ब्याजदर करीब २ प्रतिशतको हाराहारीमा घटाएका थिए । कोरोनाबाट प्रभावितलाई राहतस्वरूप कर्जाको ब्याजमा छूटको स्कीमसमेत ल्याए । अधिक तरलताका कारण ब्याजदर घट्दै गए पनि कर्जा प्रवाहमा केही सुधार भएको बैंकरहरूको दाबी छ । वाणिज्य बैंकहरूहरूबाट गत असारमा थप ८६ अर्ब रुपैयाँको कर्जा प्रवाह भएको थियो । थप कर्जा प्रवाह हुन नसक्दा वाणिज्य बैंकको कर्जा वैशाख र जेठमा ऋणात्मकसमेत देखिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)