ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एयरअरेवियाको उद्धार उडान लापरबाहीका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन

२०७७ भदौ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ १३, काठमाडौं । एयरअरेवियाले पीसीआर परीक्षण नगरेका १९ जना नेपालीलाई उद्धार उडानमार्फत नेपाल ल्याएको भन्ने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । 

सरकारको निर्णय विपरीत उक्त कम्पनीले १६१ जनामध्ये पीसीआर परीक्षण नगरेका १९ जना नेपालीलाई उद्धार उडानमार्फत काठमाडौं अवतरण गराएको गुनासोको आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा गठिन समितिमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्ले र मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल सदस्य छन् । 

सचिवस्तरीय बैठकको निर्णय अनुसार गठन गरिएको उक्त समितिलाई तीन दिनभित्र छानबिन गरी आवश्यकता अनुसारको सिफारिस गर्न निर्देशन दिएको मन्त्रालयका एटीसी अफिसर सूर्वणराज भट्टराइले जानकारी दिए । एयर अरेवियले गत मंगलवार सारजाह-काठमाडौं उद्धार उडान गर्ने अनुमति पाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)