भदौ १४ पर्वत । पर्वतको कुश्मा नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ । कोरोना संक्रमण समूदायमा फैलिन थालेपछि नगरपालिकाले सोमवार देखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको हो । आईतवार नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवा भने सूचारु रहने जनाइएको छ ।
योजना सम्झौता, फरफारक , भुक्तानी, व्यवसाय दर्ता, नवीकरण, राजस्व संकलन लगायतका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए । कार्यालयमा हुने भीडभाडले कोरोना संक्रमण बढ्ने ठहर गर्दै कार्यालयले प्रदान गर्ने नियमित सेवा बन्द गरिएको तिवारीले बताए ।