ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी उत्खननमा नयाँ निर्णय

२०७७ भदौ, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको जिल्लास्तरीय अनुगमन समितिले कालीगण्डकी नदी अन्तर्गत पर्वतमा नदीजन्य पदार्थको उत्खननको विषयमा नयाँ निर्णय गरेको छ । निर्माण पदार्थ ढुंगा, गिट्टी तथा बालुवा उत्खननको विषयमा लामो समयदेखि बहस र विवाद हुँदै आएकोमा अबदेखि नयाँ ठेक्का सम्झौता र वातावरणीय प्रभाव मूल्यांकनविना उत्खनन गर्न नपाइने भएको हो ।

हरेक वर्ष भदौ १५ गतेसम्म उत्खनन कार्य रोकिने र त्यसपछि शुरू हुने गरेकोमा अब भने भदौ १५ पछि पनि ठेक्का सम्झौता र मूल्यांकनविना उत्खनन गर्न नदिइने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक तथा अनुगमन समितिका संयोजक मनोहर विक पौडेलले बताए । अनुगमन समितिले जोखिमयुक्त ठाउँमा ठूला उपकरण प्रयोग गरेर उत्खनन गर्न समेत जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति चाहिने र नयाँ मापदण्ड अनुसार एक वर्षभित्र क्रसर उद्योगहरू स्थानान्तरण गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।

विगतका वर्षमा नयाँ आर्थिक वर्ष शुरू हुनासाथ साउन १ गतेदेखि नै नयाँ ठेक्का अनुसार उत्खननको काम चल्ने गरेको थियो । तर भदौ १५ पछि पनि ठेक्का भएमा मात्र उत्खनन गर्न पाउने निर्णयले स्थानीय तहको आम्दानीको स्रोत बन्द गर्ने मनसाय राखिएको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाकाले बताएका छन् । स्रोतको प्रयोग गर्दा जिल्लालाई नै फाइदा हुने र गण्डकीले बगाउँदै लैजाने बालुवा वैज्ञानिक तरिकाले उत्खनन गर्र्नुपर्नेमा रोक्ने काम भएको दुई पालिकाको ठहर छ । गतवर्ष ५२ लाखमा उत्खननको ठेक्का सम्झौता गरेको जलजला गाउँपालिकाले यस वर्ष १ करोडको आह्वान गरेको छ ।

कुश्मा नगरपालिकाले भने वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको छ । गएको वर्ष भन्दा यस वर्ष उत्खननबाट दोब्बर राजस्व संकलन गर्ने लक्ष्य राखेर ठेक्का आह्वान भएको बेला अनुगमन समितिले भने स्थानीय तहको आम्दानीलाई बेवास्ता गर्दै पक्षपाती निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले टिप्पणी गरे । अघिल्लो वर्ष ५२ लाखमा सम्झौता भएको ठेक्काको ठाउँमा यस वर्ष १ करोडको आह्वान गरिएको छ । स्थानीय स्रोत र साधनको उपलब्धताका आधारमा स्थानीय तहले उत्खनन गर्ने अधिकार हुँदाहुँदै जबर्जस्ती कार्यविधि बनाउँदै जिससले मूर्खता देखाएको प्रतिक्रिया उनले दिए ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)