ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दरगाहमा अड्किएको केराउ र मरीच भित्र्याउन दिइने

२०७७ भदौ, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । करीब ५ महीनादेखि नाकामा रोकिएको केराउ र मरीच सरकारले भित्र्याउन दिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृतिविनै आयात भएर भन्सार नाकामा अड्किएको केराउ र मरीच आयात गर्न दिने निर्णय आइतवारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सरकारले गत २०७६ चैत १६ अघि सिपमेन्ट भएको केराउ र मरीच आयात गर्न दिने भएको छ । गत चैत १६ गतेको मन्त्रिपरिषद्ले केराउ, मरीच, छोकडा र सुपारीको आयात रोकेको थियो । सरकारको यो निर्णयपछि खाद्यको अनुमति नपाएका १ हजार कन्टेनर यस्ता सामान वीरगञ्ज सुक्खा बन्दरगाह भारतका विभिन्न स्थानमा अड्किएका थिए ।

सरकारले यसअघि सुपारी भित्र्याउन दिने निर्णय गरिसकेको छ । निर्याकर्ताले फिर्ता लैजान चाहेमा मरीच लैजान दिने निर्णय यसअघि नै भइसकेको हो । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ६० कन्टेनर मरीचको फिर्ता प्रक्रिया अघि बढिसकेको छ ।

भन्सारमा आएर अड्किएको मरीच फिर्ता लैजान नचाहेमा अब आयातकर्ताले भित्र्याउन पाउने भएका छन् । नाकामा अड्किएको छोकडा के गर्ने भन्ने विषय अझै अन्योलमै छ । छोकडाका करीब १ सय कन्टेनर रोकिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले बताएको छ ।

नाकामा रोकिएको केराउ भित्र्याउन दिने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । रोकिएको मालसामानको भन्सार जाँचपाससम्बन्धमा भन्सार विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको राय मागेपछि मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति लिएको थियो ।

उद्योग मन्त्रालयले खाद्यको विभागीय मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । वीरगञ्ज सुक्खा बन्दरगाह, भारतको कोलकाता र विशाखापत्तनम्मा केराउका करीब ४ सय कन्टेनर केराउ रोकिएको व्यवसायीले बताएका छन् ।

सरकारले आयात रोक्ने निर्णय गरेपछि त्यसअघि खोलिएको प्रतीतपत्र, डीएपी, सीएडी र ड्राफट टीटीमा समेत यो व्यवस्था मिलाइएको थियो । तर, डीएपीमा आउने यस्ता वस्तुलाई खाद्यले अनुमति नदिँदा नाकामा रोकिएको थियो । भुक्तानीको यो प्रणालीमा सिपेमन्टपछि खाद्यको अनुमति लिने गरेकोमा प्रतिबन्धपछि अनुमति दिइएको थिएन । खाद्यको अनुमति नभएपछि भन्सारले जाँचपास रोकेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)