ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं उपत्यकामा निषेधाज्ञा : बिहान ११ बजेसम्म किनमेल र हिंडडुलका लागि खुकुलो 

२०७७ भदौ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
काठमाडौं उपत्यकाको फाइल फोटो
author avatar टीपी भुसाल

भाद्र १७, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरूबीच बुधवार बसेको संयुक्त बैठकले कोरोना संक्रमण जोखिम बढ्दै गएकोले रोकथामका लागि थप एक हप्ता निरन्तरता दिने निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गर्दै बिहान ११ बजेसम्म किनमेल र हिंडडुलका लागि खुकुलो गरिएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीद्वारा संयुक्तरुपमा जारी सूचनामा उल्लेख छ ।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गते पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । गत भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो । संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महीनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो ।

बैंकतथा वित्तीय संस्थालगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ ।  त्यसैगरी होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द हुनेछन् । उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीन जिल्लाकै सीडीओलाई दिएको थियो ।

यस्तै मंगलवार तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बीच भर्चुअल बैठक भएको थियो । निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे गृह मन्त्रालयमा छलफल गरिएको थियो । 

नेपाल उद्योग वाणिज्य संघ, चेम्बर,स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी थोरै परिवर्तन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)