ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको लभ्लीहिलमा हरियाली पार्क निर्माण

पर्यटकीय आकर्षण बढाउन विभिन्न काम अघि बढाइँदै

२०७७ भदौ, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित लभ्लीहिलमा हरियाली पार्क निर्माण गरिएको छ । शहरी व्यस्त दिनचर्या एवं कोलाहलबाट मानिसलाई ‘रिपे्रmश’ बनाउने र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ । लभ्लीहिलमा पर्यटकीय गतिविधि बढाउन बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको उक्त पार्कमा विभिन्न प्रजातिका बोट बिरुवा लगाइएको छ ।

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्न पार्क निर्माण अगाडि बढाइएको हो । म्याग्दी जिल्लाको विभिन्न स्थानमा रहेका सामुदायिक वन अन्तर्गतका खाली जग्गाजमीन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली पार्क निर्माण गरिएको बताइएको छ । लभ्लीहिलमा रहेको हरियाली पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदावहार हरियो हुने तथा धेरै अग्लो नहुने खालका बिरुवा रोपिएको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हरियाली पार्क निर्माणका लागि दुईओटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । उक्त कार्यक्रम र बजेटअनुसार बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख र मंगला–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई १८ लाख विनियोजन गरिएको थियो । अहिले ती दुईओटै स्थानमा पार्क निर्माण गरिएको छ ।

कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, बोटबिरुवा रोप्ने, वृक्षरोपण गर्ने, शोभनीय खालका नयाँनयाँ बिरुवा लगाउने, बस्न मिल्ने ठाउँ बनाई विस्तारै हरियाली पार्कमा रूपान्तरण गर्ने योजना थियो । यसैबीच मंगला गाउँपालिकाले गत आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । बाबियाचौर स्थायी घर भई हाल काठमाडौं निवासी क्याप्टेन इन्द्रबहादुर अधिकारीले करीब ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि ‘इन्द्रेणी पार्क’ निर्माण गरी त्यसमा    दुवो, धुपी लगायत सुगन्धवाल वनस्पतिका बिरुवा रोपिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)