ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतका सात ओटै स्थानीय तहमा देखिएन कोरोना संक्रमण 

२०७७ भदौ, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

भदौ २२, पर्वत । पर्वतका सातओटै स्थानीय तहको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर गरिएको पहिलो चरणको सामुदायिक स्वाब परीक्षणको नतिजाले समुदायमा संक्रमण नफैलिएको निष्कर्ष निकालेको हो । 

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ जनाको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो ।

समुदायमा पुगेर स्वाब संकलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए । उनका अनुसार पर्वत अहिलेसम्म सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट  ट्रेसिङमा परेका २४० जनाको पनि नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ जना जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ । 

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा १०९ जनामा कोरोना संकमण पुष्टि भएको छ । तीमध्ये १०३ जना संक्रमण निको भएर घर फर्किएका छन् भने अहिले ६ जना संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती संक्रमितको मंगलवार स्वाब संकलन गरी पुनः परीक्षणका लागि पठाइने छ । 

उनीहरुमा कुनै लक्षण देखिएको छैन । पर्वतमा समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ भने जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)