ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगारीका लागि पुनः भारत जानेहरू बढे

२०७७ भदौ, २४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

भदौ २३, महेन्द्रनगर । कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । स्वेदशमै रोजगारीको अवसर नहँुदा सुदूरपश्चिमका युवा कैलालीको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् ।

डँडेलधुराका दिवेश डैनी लकडाउन लगत्तै नेपाल फर्केका थिए । घरै बसेर परिवार चलाउन समस्या भएपछि उनी फेरि भारत जाँदै छन् । सोमवार पश्चिमी नाका गड्डाचौकीमा भेटिएका उनले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि स्वदेश फर्केको थिएँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि गुजरात जाँदै छु ।’

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–३ का विनोद जोशी सपरिवार भारत फर्किएका छन् । भारतको सीतारगञ्जमा आप्mनै व्यवसाय गरेर गुजारा गर्ने उनी स्थानीय स्तरमा रोजगारीको अवसर नपाएपछि भारत जान लागेका हुन् । ‘भारतमा आप्mनै सामान्य किसिमको व्यवसाय छ, यता बसेर पनि काम छैन,’ उनले भने, ‘अवस्था सामान्य भएपछि उतै काम गर्छौं ।’

त्यस्तै आर्थिक अभावले नेपालमा दिनचर्या धान्नै गाह्रो भएपछि कामको खोजीमा आपूmहरू भारत लागेको भीमदत्त नगरपालिका–१० सुकासालका चन्द्रबहादुर दमाईले बताए । सोमवार उनको परिवार नै भारत पसेको छ । ‘सरकारले केही काम त दिने आशाले ५ महीनासम्म प्रतीक्षा ग¥यौं,’ उनले भने, ‘तर समस्याको सुनुवाइ नहुने देखेपछि पेट पाल्नकै लागि भारत जान बाध्य भयौं ।’

विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन् । एक सातायता भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए । उनका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्ला, प्रदेश ४ का बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०÷७० जना भारत पसिरहेका छन् । ‘गड्डाचौकी नाका भएर सोमवार मात्र ६३ जना युवा भारत गएका छन्,’ उनले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’ 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै १ हजार ११८ जना गौरीफन्टा नाका र ३५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल सरकारले भारतबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगार बनाउने किसिमले सम्बोधन गर्न नसकेको बताउँछन् । उनका अनुसार तीनै तहका सरकारले उपलब्ध स्रोत साधन गरी रोजगारी सृजना गर्न नसक्दा हजारौं युवा पुनः विदेशिन बाध्य भएका हुन् ।

‘कोरोना संक्रमणपछि ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो, तर सरकारले शीप तथा रोजगारमूलक कार्यक्रम ल्याउन सकेन,’ उनले भने, ‘सरकारका लागि युवा परिचालन गर्ने अवसर थियो । त्यसका लागि योजना तथा रणनीति नबन्दा युवा जनशक्ति पुनः बाहिरिनुपर्ने अवस्था आयो ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)