ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे पाँच महीनादेखि विदेशी मदिरा आयात ठप्प

मदिरा खपतको सिजन नजिकिँदै गर्दा आयातमाथिको प्रतिबन्ध हटाइनुपर्ने आयातकर्ताको भनाइ

२०७७ भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । विदेशी मदिरा आयातमा सरकारले साढे पाँच महीनादेखि लगाएको बन्देज कायमै रहेकाले विदेशी मदिरा वितरकहरूको स्टक सकिँदै गएको छ ।

विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत सरकारले चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा वार्षिक अर्बौंको विदेशी मदिरा आयात हुने गरेकोमा पछिल्लो प्रतिबन्धले बजारमा विदेशी मदिराको स्टक कम हुँदै गएको र चाडपर्व नजिकिँदै गएकाले यसले चोरी तस्करी बढ्ने सम्भावना भएको आयातकर्ताहरू बताउँछन् ।

दशैंतिहारलाई लक्षित गरी भदौ महीना लागेसँगै मदिरा बजार चलायमान हुने गथ्र्यो । मदिरा उपभोगको सिजन मानिने असोज÷कात्तिकमा उत्पादक र वितरक दुवै व्यस्त रहन्थे । तर, कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालगायत कारण अहिले अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिँदैन ।

सरकारले कोरोना महामारी नियन्त्रण गर्न चैतमा विदेशी मदिरासहित अन्य विलासिताका सामानमाथिको आयातमा प्रतिबन्ध लगाउनुका पछाडि महामारीको समयमा विदेशी मुद्राको सञ्चिति बढाउने र शोधानान्तर स्थिति नियन्त्रणमै राख्ने उद्देश्य थियो । पछिल्लो समय शोधानान्तर स्थिति नाफामा रहेको र विप्रेषण आप्रवाह सोचेजसरी नघटेकाले विदेशी मुद्राको सञ्चितिसमेत राम्रै छ ।

त्यसैले झन्डै ६ महीनाअघि लगाइएको विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने विदेशी मदिराका आयातकर्ताहरूको माग छ ।

उनीहरूका अनुसार चाडपर्वको समयमा मदिरा खपत उच्च हुने भएकाले आयात खुला नगरिए त्यसले चोरीपैठारीलाई बढावा दिनेछ । ‘आयातमाथिको प्रतिबन्ध कायमै रहे वैध आयातबाट आउने राजस्व गुम्ने र अवैध तरीकाबाट हुने आयातले सरकारी राजस्वमा नराम्रो धक्का पुग्नेछ,’ एक आयातकर्ताले भने । छिमेकी मुलुकहरूबाट विदेशी मदिरा तस्करीको बाटो यसले खुलाउने उनीहरूको भनाइ छ ।

सरकारले कुनै एक आयातकर्तालाई फाइदा पु¥याउन विदेशी मदिराको आयात रोकेको आरोप एकथरी आयातकर्ताहरूको छ ।

विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा महँगा मदिराको मौज्दात घट्दै गएको आयातकर्ताको भनाइ छ । ठूला मदिरा पसलमा महँगा विदेशी मदिराको अभाव हुन थालेको व्यवसायीहरूले बताए । राज्यले मदिरा आयातमा राम्रै कर लगाउने गरेको छ । आयातकर्ताका अनुसार मदिरा आयातमा २५० प्रतिशत राजस्व सरकारले पाउने
गरेको थियो ।

आव २०७६/७७ मा नेपालमा ह्वीस्की आयात ८२ करोड रुपैयाँको मात्रै भएको छ, जब कि अघिल्लो आवमा १ अर्ब ७ करोडको आयात भएको थियो । गत आवको वैशाख र असार महीनामा आयात ठप्प नै रह्यो ।

नेपालमा विदेशी मदिरा आयात गर्नेमा एसपीजी ट्रेडिङ, ग्लोबल ट्रेडिङ, साहरा, एलाइडलगायतका कम्पनीहरु छन् । ह्वीस्की, भोड्का, वाइन, जिनजस्ता मदिराजन्य वस्तु भारत, जर्मनी, फ्रान्स, स्कटल्यान्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट आयात हुने गरेको छ ।

विदेशी मदिरा आयात गर्ने एसपीजी टे«डिङ प्रालिका महाप्रवन्धक रमेश घिमिरेका अनुसार आयातमाथिको प्रतिबन्धका कारण गत आवमा सरकारले मदिरामार्पmत पाउने राजस्व गुमाएको छ । विदेशी ब्रान्डका मदिरा आर्थिक अवस्था बलियो भएकाले मात्रै उपभोग गर्ने भएकाले राज्यले आयातमा नै रोक लगाएर व्यापारै गर्न नदिनु गलत भएको उनको भनाइ छ । विदेशी मदिरा आयातमाथिको प्रतिबन्धले आयातकर्ता तथा यसका वितरक÷विक्रेता दुवैलाई प्रभावित बनाएको घिमिरेले बताए ।

विदेशी मदिराको आयात प्रतिबन्धपछि स्वदेशी मदिराको उपयोग बढ्ने धेरैको अपेक्षा रहे पनि त्यसो हुनसकेको छैन । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारीले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाइए पनि स्वदेशी मदिराको माग बढ्न नसकेको बताए ।

उनका अनुसार कोरोनाका कारण मानिसको क्रयशक्तिमा आएको ह्रासले सामान्य अवस्थामा भन्दा ७० प्रतिशतले मदिराको माग घटेको छ । ‘३० प्रतिशत मात्रै माग छ, कोरोनाका कारण विभिन्न जिल्लामा सरकारले लगाएको निषेधाज्ञाले धेरैजसो उद्योगबाट मदिरा उत्पादन नै हुन सकेको छैन,’ अधिकारीले भने । होटेल, रेस्टुराँ, पार्टी प्यालेसलगायत मदिरा धेरै खपत हुने व्यवसाय अहिले ठप्प भएकाले पनि बजार तथा माग प्रभावित भएको उनको बुझाइ छ ।

भन्सार विभागका अधिकारीहरू भने अर्थतन्त्र कोरोनाका कारण थला पर्दा विलासिताका वस्तुहरूको आयातमार्फत बाहिरिने विदेशी मुद्रा रोक्न प्रतिबन्ध लगाइएकाले गत आवमा करीब ७० करोड रुपैयाँभन्दा बढीको मुद्रा सञ्चिति भएको बताउँछन् । भन्सार विभागका निर्देशक शिशिर घिमिरेले हाल कुनै पनि नाकाबाट विदेशी ब्रान्डको मदिरा आयात नभएको बताए । ‘वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट मदिरा आयात रोकिएको हो, तत्काल खुल्ने सम्भावना देखिँदैन,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले पनि तत्काल मदिराको आयात खुल्ने अवस्था नरहेको बताए । उनीहरूका अनुसार कोभिड कायमै रहेकाले मुलुकमा विलासिताका वस्तुहरूको आयात घटाउनुपर्ने र मुद्रा सञ्चिति बढाउनुपर्ने अवस्था अझै हटेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

SUSHIL

[Sep 13, 2020 02:14am]

IF WE REALLY WANT TO DEVELOP NEPALI AND NEPALESE PROSPERITY THAN WE HAVE TO MOTIVATE NEPALI PRODUCT LET INCREASE HIGH TAX TO FOREIGN ALCOHAL OR STOP PURCHASE FOREIGH ALCOHAL AND ENCOURAGE LOCAL BRAND SUCH AS EK MANE RAKSHI, 2MANC RAKSHI. GALI GARDAIMA DESH SAMRIDHA HUNE VHAYE YO DESH SWITZERLAND 10YEARS PAHILA HUNTHIYO. GARERA DHEKHAU VHANE HOHINA.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)