ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असोज ५ गतेदेखि आन्तरिक उडान शुुरु गर्ने सरकारको निर्णय

राष्ट्रिय सभामा गौतमलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस 

२०७७ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २९, काठमाडौं । सरकारले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय छ । सोमवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले लामो दूरीको बस पनि सोही मितिबाट सञ्चालन गर्न दिने निर्णय समेत छ । बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै लामो दूरीको बस सञ्चालन गर्न दिने निर्णय गरेको गरेको पर्यटन मन्त्री योगेश भट्टराइले जानकारी दिए । 

यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दबाब दिएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केहि दिनअघि मात्रै असोज १५ गतेदेखि आन्तरिक उडान खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पठाएको थियो । तर, व्यवसायीहरुको समेत दबाब र अन्तरराष्ट्रिय उडान भएरहको सन्दर्भमा मन्त्रिपरिषद् बैठकले १० दिन अघिबाटै आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । 

शुरुमा कोरोना संक्रमण कम भएका हिमाली तथा पहाडी केही जिल्लाबाट उडान शुरू गर्ने र त्यसपछि अवस्था हेरि अन्य क्षेत्रमा उडान हुने भएको छ । सरकारले कोरोना संक्रमणका कारण करीब ५ महीनादेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो । अब स्वास्थ्य र सुरक्षा अवस्था हेरी क्रमशः खोल्दै लैजाने मन्त्री भट्टराईले जानकारी दिए । 

यसअघि सरकारले भदौ १६ गतेदेखि नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान पुनः बन्द गर्ने निर्णय गरेको थियो । हवाई व्यवसायीहरुले प्रोटोकलको पालना गरी तत्कालै आन्तरिक उडान शुरु गर्न आग्रह गर्दै आएका थिए ।

साथै, मन्त्रिपरिषद्को सोही बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस समेत गरेको छ । बैठकले राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा बामदेव गौतमलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 कुलमानको विषयमा कुनै निर्णय भएन 

यसैबीच सोमबारको बैठकमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकारी निर्देशक नियुक्त गर्ने बारे निर्णय हुने अपेक्षा गरिएपनि कुनै निर्णय भएन । 

आइतवार मात्रै पदावधि सकिएका अहिलेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी प्रश्न उठाएपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको बताइएको छ । 

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते घिसिङलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सो अनुसार ४ वर्षे कार्यकाल आइतवार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतर्फी भएपनि सोमवार नियुक्ति हुन नसकेको हो । बालुवाटारमा बैठक चलिरहँदा सोमवार साँझ कुलमानलाई प्राधिकरणमा पुनर्नियुक्ति दिन माग गर्दै प्रर्दशन समेत भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)