ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वामदेवले लिए राष्ट्रिय सभासदस्यको सपथ

२०७७ असोज, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रिय सभामा मनोनीत गौतमलाई सिंहदरबारस्थित संसद् सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बिहीबार शपथ गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा गौतमलाई माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।

राष्ट्रिय सभा सदस्यको सपथ लिएपछि सांसद गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै आफूले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा माथि उठ्ने गरी काम गर्ने बताए ।

‘समाजवादमा जाने संकल्प पूरा गर्ने भूमिका निर्वाह गर्नेबाहेक अर्को मेरो स्वार्थ छैन । राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन,’ उनले भने । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका एमाले सो निर्वाचनमा पराजित भएका थिए । उनलाई लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतमले हराएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)