ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो इन्जिनीयरिङ पढाइ हुँदै

२०७७ असोज, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखराको बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पढाइ हुने भएको छ । पोखरामा पहिलोपटक पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पढाइ शुरू गर्न लागिएको हो ।

तीनवर्षे कोर्सका लागि शिक्षालयले भर्ना आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । उक्त विषय अध्ययनका लागि एसईई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

शिक्षालयमा अध्ययन गर्न दुई विषयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको समेत व्यवस्था गरिएको आचार्यले बताए । उनका अनुसार शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीका लागि १० ओटा कोटा पूर्ण छात्रवृत्ति, ६ ओटा कोटा सहुलियत र ३२ ओटा कोटा खुलातर्फका रहेका छन् ।

महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित बहुप्राविधिक शिक्षालय स्थापना गरेको हो । अटोमोबाइल इन्जिनीयरिङ सम्बन्धी आवश्यक शीपको अभावमा युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार सो विषयको अध्यापन शुरू गरिएको महानगरपालिका शिक्षा महाशाखाले बताएको छ ।

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन गराउनेछ । यस वर्ष दुई प्राविधिक विषयको अध्यापन शुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्पmका अन्य विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको छ । शिक्षालयमा सिभिल इन्जिनीयरिङका लागि ३ वर्षको १ लाख ९५ हजार र अटोमोबाइल इन्जिनीयरिङको १ लाख ७५ हजार शुल्क तोकिएको छ । शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न नहुँदासम्म जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरिने बताइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)