ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूध नबिकेपछि खोलामा फालियो

२०७७ असोज, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पहिरोले सडक बिग्रिएर गाउँको दूध बजार लैजान नपाएपछि खोलामा फालिएको छ । वर्षाका कारण सडक अवरुद्ध भएपछि  फलेवासका किसानले सहकारीमा संकलित ७ सय २० लिटर दूध खोलामा फालेका हुन् ।

दोबिल्ला–फलेवास सडक खण्ड पहिरोले अवरुद्ध भएको एक सातासम्म खुलेको छैन । सडक पहिरोले पुरेपछि किसानले बजारसम्म दूध ढुवानी गर्न पाएका छैनन् ।

किसानले फलेवास नगरपालिकालाई सडक खुलाउन अनुरोध गरे पनि बेवास्ता गरेको आरोप लगाएका छन् ।

फलेवास नगरपालिकाले सडक खुलाउन प्रयास नगरेको भन्दै विरोधस्वरुप खोलामा दूध पोखेको कृष्णगण्डकी दुग्ध सहकारीका अध्यक्ष रुद्रप्रसाद भुसालले बताए । नगरपालिकाले तत्काल सडक खुलाउनुपर्नेमा एक सातासम्म बेवास्ता गरेपछि किसानको लाखौं रुपैयाँ खोलामा पुगेको उनको गुनासो छ ।

फलेवासका किसानले दैनिक कुश्माबजार र पोखरासम्म दूध ढुवानी गरेर बेच्दै आएका छन् । प्रत्येक दुई/दुई दिनको अन्तरमा बजार पठाउनुपर्ने दूध एक सातासम्म थन्किँदा कुहिएको भुसालले बताए ।

चिस्यान केन्द्र नहुँदा धेरै दिन भण्डारण गरेर राख्न नसकिएको सहकारीले जनाएका छन् । देविस्थानका १ सयभन्दा बढी किसानले दुई वर्षअघि दुग्ध सहकारी गठन गरी दूध संकलन गर्दै आएका छन् । गाउँ–गाउँबाट ल्याएर संकलन भएको दुध बजारमा लैजान नपाएकामा स्थानीय आक्रोशित छन् ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा किसानको समस्याबारे जानकार रहे पनि सडक धेरै ठाउँमा भत्किएको र मर्मत गर्ने काम भइरहेकाले समस्या देखिएको बताउँछन् । ‘किसानले बाध्य भएर दूध खोलामा पोखेका हुन् । किसानलाई परेको पीडा सम्बोधन गर्न नगरपालिकाले क्षतिपूर्ति दिन्छ’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)