धनगढी । जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ नारासहित सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बाजुराका ग्रामीण भेगमा उत्पादित स्याउ सरकारी अनुदानमा धनगढी आइपुगेको छ ।
यस वर्ष बाजुराको स्याउ सरकारी अनुदानमार्फत धनगढी पु¥याइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको हो ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले धनगढीको ट्राफिक चौराहमा रहेको हिमाली होटललाई बाजुराको स्याउ बिक्री केन्द्र तोकिएको बताए । २ सय १२ पेटी स्याउ नेपालगन्ज हुँदै धनगढी आइपुगेको कृषि प्रसार अधिकृत जैसीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुराका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादित स्याउ किसानले निर्माण गरेको सञ्जाल समितिले प्याकिङ र ग्रेडिङ गरेर स्याउको मूल्य बुझाएपछि प्याकिङ हुने गर्छ ।
प्याकिङ स्याउ जिल्लाको कोल्टी विमानस्थलसम्म किसानले नै पु¥याउने गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका कृषकले उत्पादन गरेको स्याउ बारीमै कुहिने अवस्था आएपछि यस वर्ष कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्विन्टल स्याउ ढुवानी अनुदानमार्फत बजार पु¥याउने गरी काम थालेको केन्द्रका कृषिप्रसार अधिकृत जैसीले जानकारी दिए ।
उनका अनुसार किसानले बारीबाट स्याउ टिपेर बजारसम्म ढुवानी गर्दा लाग्ने खर्च बेहोर्ने गरी अनुदानको व्यवस्था मिलाइएको छ । ‘किसान र व्यापारीबीच आवश्यक समन्वय गर्ने काम पनि कृषि ज्ञान केन्द्रले गर्दै आएको छ’, उनले भने ।
जैसीका अनुसार जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पान्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ ।
किसानले भने व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँका दरले स्याउ बिक्री गर्दै आएका छन् ।