ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा अवैध क्रसर उद्योगलाई कारबाही

२०७७ असोज, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारमा अवैध रूपमा सञ्चालित क्रसर उद्योगलाई कारबाही गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा सञ्चालनमा रहेको बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा अवैध रूपमा कालीगण्डकी नदीमा उत्खनन गर्दै आएकोमा गाउँपालिकाले बन्द गरिदिएको हो ।

गाउँपालिकाभित्रका अवैध क्रसर उद्योग बन्द गर्ने अभियान अन्तर्गत उक्त ब्लक उद्योगलाई बन्द गराइएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । स्थानीय बागवीर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउँदै आएका थिए । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ ९६० को अधिकार प्रयोग गरी केही दिनअघि उद्योगमै पुगेर बन्द गराएको जलजला गाउँपालिकाले बताएको छ । गाउँपालिकाले यसअघि २०७६ वैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरे पनि गाउँपालिकाले व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौं गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो ।

बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगका सञ्चालक शिबबहादुर जिसीले भने गाउँपालिकाको निर्णयका विरुद्ध कानूनी उपचार खोज्ने बताएका छन् । उनले जिल्लाभित्रका सबै क्रसर उद्योग मापदण्ड विपरीत भएकाले ती उद्योग बन्द नभएसम्म उद्योग बन्द नगर्ने बताए । पालिकाले पहिले क्रसर चलाउन अनुमति दिने र अहिले त्यही अनुमति खारेज गर्ने कुरा राजनीतिक पूर्वाग्रह मात्र भएको जिसीको आरोप छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)