ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अख्तियारले छानबिन गरेका दुई ठूला खरिद प्रकरणमा लेखा समितिको चासो

२०७७ असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका दुई ठूला खरिद प्रकरणमा चासो देखाएको छ ।

लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी जहाज प्रकरणको छानबिनमा भएको प्रगतिबारे अख्तियारसँग विवरण माग गरेको हो ।

समितिको बिहीबारको बैठकमा सांसदहरुले यी दुई प्रकरणमाथिको अनुसन्धानमा तदारुकता नदेखाएको बताएपछि यसबारे प्रगति विवरण पेस गर्न अख्तियारलाई पत्र लेख्ने निर्णय भएको लेखा समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।  

बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले लेखा समितिले पठाएका अनियमितताका घटना छानबिन गर्न अख्तियार चुकेको बताए । उनले यी दुई ठूला प्रकरणबारे अख्तियारलाई पत्र लेख्न जरुरी रहेको आवश्यकता औंल्याए ।

त्यस्तै, नेकपाका सांसद विरोध खतिवडाले लामो समयदेखि छानबिनमा रहेका यी प्रकरणको परिणाम बाहिर नल्याइनुको कारण अख्तियारसँग माग्नुपर्ने बताए ।

सांसद राजेन्द्र केसीले वाइडबडी अनियमितता र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेखा समितिले अख्तियारलाई छानबिन गर्न भने पनि अख्तियार लामो समय मौन बस्नुको कारण माग गर्न आग्रह गरे ।  सुरुमा अख्तियारले केही महिना लाग्ने भनेको तर अहिले मौन बसेकाले समितिका तर्फबाट यसबारे चासो देखाउन जरुरी रहेको केसीको भनाइ छ ।  
नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि अनियमितताको आरोप लागेको छ ।

वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो । तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै विवरण माग गरिएको लेखा समिति सभापति भरत शाहले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)