ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आज विश्व पर्यटन दिवस : पर्यटन पुनरुत्थानका लगि कार्यदल गठन

२०७७ असोज, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ ।

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको हो । ‘पर्यटनका लागि हाम्रो देश, घुमाैं देश, चिनाैं परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री समेत सार्वजनिक गरिएको छ ।

कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी कार्यक्रम तथा गतिविधिहरू गर्ने बताइएको छ ।

पर्यटन पुनरुत्थानका लागि देश दर्शन कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाउन प्रयास गरेको बताए । उनले कोभिडपछि नियमित उडान गर्नेमा नेपाल दक्षिण एशियामै पहिलो मुलुक भएको दाबी गर्दै अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने वातावरण बनाइने जानकारी दिए ।

उनले    महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटेल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुला गरिसकेको र यो कार्यक्रमले पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरे । पर्यटनमन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिए । सरकारले अक्टोबर १ तारीखदेखि अन्तरराष्ट्रिय उडान संख्या बढाउने निर्णय गरिसकेकाले अन्तरराष्ट्रिय पर्यटकको आगमनलाई सहज बनाउन छिट्टै थप निर्णय गरिने बताए ।

सरकारले भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरू गरे पनि भिसाको व्यवस्था नभएका कारण बा≈य पर्यटक आगमन हुन सकेको छैन । मन्त्री भट्टराईले अनअराइभल भिसाको व्यवस्थाका लागि गृह मन्त्रालय, अध्यागमन विभागसँग छलफल भइरहेको र अनलाइनमार्फत यस्तो सेवा दिन आवश्यक तयारी गइरहेको पनि जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकता परेको बताए । कार्यदलका संयोजक एवम् नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले महामारीबाट सुरक्षित रहँदै पर्यटनसँग सँगसँगै भन्ने भावनाका साथ सरोकारवाला संस्था एकताबद्ध भएर देश दर्शन कार्यक्रम अघि बढाइएको बताए । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका विभूति चन्द ठाकुरले महामारीबाट छटपटाएको पर्यटन क्षेत्रमा उत्साह जगाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बा≈य पर्यटन प्रवद्र्धनका कार्यक्रम सम्बद्ध निकायलाई सुझाउनुका साथै नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रूपमा सम्प्रेषण गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)