ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो

ईकमर्शबाट एकै महीना डेढ लाख कारोबार

२०७७ असोज, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । भुक्तानीको माध्यम क्रमशः डिजिटलाइज्ड हुँदै गर्दा नेपालमा पनि ईकमर्श कारोबारमा आकर्षण बढेको छ । ईकमर्श अर्थात् इन्टरनेटको प्रयोगबाट हुने वस्तु तथा सेवा किनबेचबापत भुक्तानी गर्ने प्रक्रियामा गत साउन महीनामा मात्रै १ लाख ६८ हजार ६२७ पटक कारोबार गरेका छन् । यस्तोे कारोबार रकम भने रू. १ अर्ब २० करोड बराबरकोे छ ।

नेपाल राष्ट्र बैंकले पहिलोपटक यस्तो तथ्यांक सार्वजनिक गरेको हो । साथै, विद्युतीय भुक्तानी माध्यममध्ये सबैभन्दा बढी कारोबार वालेटबाट भएको छ । साउनमा मात्रै १ करोड १ लाख ७७ वालेट कारोबारमार्फत रू. ७ अर्ब ५७ हजार बराबरको भुक्तानी भएको छ ।

ईकमर्शमार्फत भएको भुक्तानीमा डेविट कार्ड, क्रेडिट कार्ड, पिन कार्डको नम्बरबाट ईकमर्श शीर्षकमा भुक्तानी गरेका सबै कारोबारलाई समेटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बताएको छ । विभागका अनुसार विशेष गरेर पहिला नै निश्चित भएको भुक्तानी मूल्यहरूका लागि कार्डको नम्बर प्रयोग गरेर ईकमर्शमार्फत भुक्तानी गरिन्छ । यस्तो विद्युतीय भुक्तानी तथा ईकमर्शको सुविधा दिँदै आएका बैंक तथा वित्तीय संस्था, ईसेवा, खल्ती, आईएमई पे, फोन पे जस्ता भुक्तानी प्रदायक संस्था र नेपाल क्लियरिङ हाउसजस्ता भुक्तानी सञ्चालक संस्थाहरूमार्फत भएको कारोबारको आधारमा तथ्यांक सार्वजनिक गरेको विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार बजारमा विद्युतीय भुक्तानीका प्रविधि तथा उपकरणहरू थपिँदै गएकाले ईकमर्शलाई पनि प्राथमिकता दिएर तथ्यांक सार्वजनिक गरिएको हो । ‘कोरोना महामारीको असहज परिस्थितिमा ईकमर्शलाई प्रवद्र्धन गर्न पनि विभिन्न परिपत्र जारी गरेका छौं । यससँगै बजारमा आएका नयाँ तथा चलनचल्तीमा रहेका विद्युतीय भुक्तानी प्रविधिलाई हिसाबमा राखिएको छ । यसबाट सबै प्रकारका विद्युतीय भुक्तानी कारोबारबारे कुनमा कति आकर्षण भयो भन्ने जानकारी राख्न सकिन्छ,’ उनले भने ।

ईकमर्श संस्थाहरू दराज, सस्तोडिल, युजी बजार, आदिले दैनिक उपभोग्य वस्तुहरू, लुगा, विद्युतीय सामग्रीलगायत र मेट्रो तरकारीले फलफूल तथा तरकारी, फुडमान्डु, फुडमारियो, भोज डिल्सले खाने कुराहरूको अनलाइन डेलिभरी दिइरहेका छन् । यस्तै, टुटल, पठाओ र सारथीलगायतले विद्युतीय भुक्तानीबाट सेवा दिँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)