ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा स्थगित

२०७७ असोज, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

प्राधिकरणले अघिल्लो साता मात्र हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिइँदा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको व्यापार खोसिएको भन्दै आलोचना भएपछि मन्त्रीले यसबारे चासो राखेका थिए ।

पर्यटनमन्त्री भट्टराईले  आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग यस विषयमा छलफल गरी हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएकोबारे जानकारी लिँदै अहिलेलाई यथास्थितिमा राख्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो ।

यद्यपि यसबारे मन्त्रालय र प्राधिकरणको आधिकारिक धारणा भने बाहिर आएको छैन । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र प्राधिकरणका महानिर्देशकबीचको छलफलमा मन्त्री भट्टराईले मापदण्डलगायतका विषयमा चासो राखेका थिए । अहिले नेपाल वायुसेवा निगमबाहेक एयर इन्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउन्ड ह्यान्डलिङ सेवा उपयोग गर्दै आएका छन् ।

यीमध्ये निगमले व्यावसायिक सेवा प्रदान गरेको छ भने अरु दुईले ‘सेल्फ सर्भिस’ उपयोग गरेका छन् । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको  प्रतिक्रिया दिन्छन् ।

हिमालय एयरलाइन्सलाई  कार्यविधिअनुरुप नै ग्राउन्ड ह्यान्डलिङ अनुमति दिने निर्णय भएको र मापदण्ड पूरा गर्ने अरुलाई पनि प्राधिकरणले अनुमति दिनुपर्ने उनले बताए  ।

‘यस विषयमा मन्त्रालबाट कुनै परिपत्र आएको जानकारीमा छैन । छलफल भएको हुन सक्छ तर विधि र प्रक्रियाअनुसार नै हिमालयलाई उक्त सुविधा दिइएको हो । थप प्रक्रिया पूरा गरेपछि मात्र सेवा सुरु गर्न सक्छ’, उनले भने ।

प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ निर्देशिका, ०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउन्ड ह्यान्डलिङका लागि त्रिभुवन विमानस्थलमा सातामा ३५ उडान गर्ने एयरलाइन्सलाई अनुमति दिन सक्ने प्रावधान छ ।

हिमालय एयरलाइन्सको सातामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । ग्राउन्ड ह्यान्डलिङ निर्देशिकाबमोजिम हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधाका लागि गत चैत ७ मा निवेदन दिएको थियो । प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरिएको थियो ।

मन्त्रीले सेवा स्थगन गराउन दिएको निर्देशनका विषयमा कुनै  जानकारी नआएको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । उनले ह्यान्डलिङ निर्देशिका, २०७२ अनुसार निवेदन दिएकामा सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधाका लागि छानिएको उनले दाबी गरे । ‘हामीले २००८ मा फ्लाई यती नामबाट अन्तर्राष्ट्रिय उडान गर्दा पनि यो सेवा लिएका थियौं । अहिले फेरि त्यो प्रक्रिया पूरा गरेकाले निर्देशिकाबमोजिम सेवा लिन लागेका हौं,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)