ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोप्चेपानी र फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारियो

२०७७ असोज, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पहिरोले उच्च जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी र वडा नं ३ फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । शनिवार कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरी भालेबासमा र फगामका १३ घरपरिवारलाई नजीकको सुरक्षित स्थानमा सारिएको हो ।

कोप्चेपानीको बस्ती कालीगण्डकी नदीको किनारमा रहेको छ । बस्तीमाथिको भीरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको अन्नपूर्ण गाउँपालिकाले बताएको छ । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनले भने, ‘असारदेखि नै खस्न थालेको पहिरोले पछिल्ला केही दिनयता बस्ती नै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो ।’ उनका अनुसार स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोवासको व्यवस्था मिलाइएको छ । सबै परिवारलाई एक÷एकओटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । गाउँपालिकाले प्रतिपरिवार एक÷एकओटा कम्बल सहयोगका साथै सार्वजनिक शौचालय निर्माण गरिदिने भएको छ । २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको भवन, खेलमैदान र स्थानीयको खेतीयोग्य जमीन बगाएको थियो ।

अन्नपूर्ण गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेको वडा न. ३ फगामका १३ घरधुरीलाई पनि अस्थायी टहरा बनाएर अन्यत्र सारेको छ । करीब ४० घरको बसोवास भएको फगाम कालीगण्डकीको तिरदेखि गाउँको शिरसम्मको जमीन चिरा चिरा परेर पहिरो बग्न थालेपछि उच्च जोखिममा परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)