ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘जिटुजी’ मार्फत कामदार पठाउन इजरायलसँग श्रम सम्झौता 

२०७७ असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

असोज १४, काठमाडौं । सरकारले इजरायलमा नेपाली कामदार पठाउन द्धिपक्षीय श्रम सम्झौता गरेको छ । ‘गभरमेन्ट टु गभरमेन्ट (जिटुजी) प्रक्रियामार्फत कामदार पठाउनका लागि इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेश मन्त्री गाबी आस्खेनाजीले बुधवार साँझ हस्ताक्षर गरेका हुन् । 

यसअघि २०१५ मा सरकारले श्रम सम्झौता गरेपनि त्यो सही रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । तत्कालिन समयमा भएको सम्झौताअनुसार नेपालका प्राईभेट कम्पनीहरुले इजरायलमा रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएकोमा अब भने नयाँ सम्झौता अनुसार सरकार आफैँले जिटुजी माध्यम अनुसार कामदार पठाउन लागेको हो । 

सरकारले हाल दक्षिण कोरियमा जिटुजी माध्यमबाट कामदार पठाउँदै आएको छ, सोही मोडल इजरायलमा नेपाली पठाउन सम्झौता गरिएको छ । इजरायलसँग भएको श्रम सम्झौता अनुसार रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परिक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम, ओरिन्टेशन शुल्क आफैँ बुझाएर जानु पर्नेछ । 

यो सम्झौता सरकारी नीति विपरित नै रहेको देखिन्छ । सरकारले २०७२ जेठमा ‘फ्रि भिसा, फ्रि टिकट’ को नीति अंघिकार गर्ने निर्णय गरेको थियो । यो नीति नमान्ने म्यानपावर कम्पनीलाई सरकारले कारवाही गर्दै समेत आएको छ ।

इजरायसँग भएको नयाँ सम्झौता अनुसार विशेषगरी ४ वर्षको करार हुनेछ । कामदारले बीचमा घर, बिरामी बिदा सबै सुविधा पाउनेछन् भने बीचमा छाडेर स्वदेश फर्कन समेत पाउनेछन् । चार वर्षे अवधि पूरा गरेर १ वर्ष थप काम गर्न समेत श्रम सम्झौतामा उल्लेख रहेको सरकारी दाबी छ । तत्काल ५०० कामदार छनौट गरेर पठाइने र त्यसका लागि आन्तरीक कार्यविधी निर्माणको काम तत्काल थालिने सरकारी अधिकारीहरुको भनाइ छ ।

‘इजरायलसँग श्रम सम्झौता भएसँगै तत्काल कामदार पठाउन सरकारले आन्तरीक कार्यविधी बनाउनेछ, यसको तयारी हामी थालिसकेका छौं,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाले अभियानलाई बताए ।

यसअघि जिटुजी सम्झौतापछि एकदमै थोरै नेपाली रोजगारीका लागि गएका थिए । सम्झौतामा ३ महीनाको केयर गिभर तालिम लिएका तथा नर्सहरुलाई लैजान सकिने उल्लेख थियो तर सम्झौता लामो समय टिक्न सकेन । 

वैदेशिक रोजगार विभागको तथ्यांकमा त्यसो त अहिले करीब ५ हजारको हाराहारीमा नेपालीहरु उक्त देशमा रोजगारीका लागि गएको देखिन्छ । विभागका महानिर्देशक दाहालका अनुसार विशेषगरी ती नेपालीहरु अहिले घरेलु कामदारका रुपमा काम गर्दै आएका छन् ।  

सरकारले पठाउन लागेका नेपालीहरु विशेषगरी हस्पिटल क्षेत्रमा हो । ‘सरकारले अहिले पठाउन लागेका कामदारहरु घरहरुमा काम गर्न जाने होइनन्, ठूलो हस्पिटल सेन्टरमा हो, त्यहाँ खाना बस्नको सबै प्रवन्ध छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले बताए । 

परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केही दिन अघि पत्रकार सम्मेलनमा श्रम सम्झौता पछि इजरायलका नागरिक सरह नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्ने बताएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)