ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्न थाल्यो ब्याट्री र जेनेरेटर आयात

भदौ महीनामा ब्याट्री र जेनेरेटरको आयात साउन महीनाको भन्दा दोब्बरले बढेको तथ्यांक

२०७७ असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहँदा विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने बढ्न थालेको छ ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा विद्युत्को वैकल्पिक स्रोतका रूपमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात निरन्तर बढ्दै गएको छ । प्राधिकरणले २०७५ वैशाखदेखि देशभर लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछिको पहिलो १० महीनामा जेनेरेटर र इन्भर्टरको आयात उल्लेख्य नघटे पनि ब्याट्रीको आयात भने क्रमशः घट्दै गएको थियो ।

लोडशेडिङ अन्त्य भएकै वर्षको माघपछि इन्भर्टरको आयात पनि क्रमशः घट्दै गएर गत आर्थिक वर्षको शुरूदेखि नै शून्यमा झरेको थियो भने जेनेरेटरको आयात पनि घट्दै गएको थियो ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा जेनेरेटर र ब्याट्रीको आयात क्रमशः बढ्न थालेको देखिन्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार इन्भर्टरको आयात नभए पनि जेनेरेटर र ब्याट्रीको आयात प्रत्येक महीना करीब दोब्बरले बढ्दै गएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको अन्तिम अर्थात् असार महीनामा ६७५ थान जेनेरेटर र ७ हजार थान ब्याट्री आयात भएकोमा साउनमा ब्याट्री र जेनेरेटरको आयात असारको भन्दा दोब्बरले बढेको छ । यस्तै भदौ महीनामा ब्याट्री र जेनेरेटरको आयात साउन महीनाको भन्दा दोब्बरले बढेको तथ्यांकमा उल्लेख छ ।

बन्दाबन्दी भएयता उद्योगहरू पनि प्रायः बन्द भएको र उत्पादन पनि घटाएका कारण उद्योगीहरूले जेनेरेटर आयात नगरेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए ।

लोडशेडिङ नहुने पक्का भए पनि जेनेरेटरको आयात यही कारणले बढ्यो भन्न सकिने अवस्था नभएकाले जेनेरेटरको आयात बढ्नु अस्वाभाविक भएको उनी बताउँछन् । ‘यति बेला जेनेरेटरको आयात बढ्नुपर्ने बेला नै होइन, प्राधिकरणबाट कुलमानको बहिर्गमनका कारण लोडशेडिङ हुने डरले आयात गरेको जस्तो पनि देखिँदैन । यही कारणले जेनेरेटर आयात बढेको भन्न नसकिए पनि यो अस्वाभाविक हो,’ उनले भने । प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बिदा भएपछि लोडशेडिङ हुने

आशंका सर्वसाधारणमा देखिएको छ । प्राधिकरणले भने लोडशेडिङ हुन थाल्यो भन्ने हल्लामा कुनै सत्यता नभएको र लोडशेडिङ नहुने बताइसकेको छ । असोज पहिलो साता विज्ञप्ति नै निकालेर प्राधिकरणले प्राविधिक समस्या र मौसमका कारण विद्युत् आपूर्तिमा केही समस्या देखिए पनि त्यसको समाधान गर्ने बताएको थियो । उक्त विज्ञप्तिमा अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको बरु उपभोक्तामा थप विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रतिबद्ध रहेको उल्लेख गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)