ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि तातोपानी नाका सुचारु हुँदै

१२ मालवाहक ट्रक लोड

२०७७ असोज, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । लामो समयदेखि ठप्प रहेको चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका तातोपानी आज (सोमवार) देखि सुचारु हुँदै छ ।

गत मंगलवार दुई देशका अधिकारीबीच जुटेको सहमतिअनुसार चिनियाँ पक्षले आइतवार ६ कन्टेनर समान पठाएको छ भने १२ ओटा मालवाहक गाडी समान लोड गर्न नाकातर्फ लागेका छन् ।

नेपालतर्फका मजदूर तथा चालकले ती सामान लोड गरेर ल्याउन तयारी अवस्थामा राखिएको छ । त्यसका लागि नेपालका तर्फबाट मालवाहक सामान ल्याउन चालक, सहचालक र मजदूर गरी दुई समूह बनाइएको छ, एउटा समूहमा २५ जना र अर्को समूहमा २८ जना सामान लोडका लागि नाकामा पठाउन लागिएको भन्सार कार्यालय तातोपानीले बताएको छ ।

भन्सार कार्यालयका अनुसार तिब्बतको खासादेखि बीच बाटोमा अड्किएका करीब ८ सय कन्टेनर पहिलो चरणमा नै छुट्न थालेका छन् । कार्यालय प्रमुख लालबहादुर खत्रीले दिएको जानकारीअनुसार अहिले दैनिक १५ ओटाभन्दा बढी कन्टेनरमा सामान आउने र त्यसबापत सरदर १ करोड बराबरको राजस्व संकलन हुने अपेक्षा छ ।सोमवार चिनियाँ पक्षले कम्तीमा १५ ओटा कन्टेनरमा सामान पठाउने खत्रीले बताए । ती कन्टेनरमा तयारी पोशाक लत्ताकपडा, इलेक्ट्रोनिक सामान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान, खेलौनाहरू आउनेछन् । बिग्रने सामानलाई छिटो नेपालतर्फ ल्याइने खत्रीको भनाइ छ ।  दशैं नजिकिएकाले कुनै सामानको अभाव हुन नदिन पनि नाकाबाट सामान जाँचपासलाई तीव्रता दिइने भन्सार कार्यालयले बताएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अब सामान लोड गर्ने नेपालीमा कोरोना नदेखिएसम्म नाका बन्द हुने अवस्था नआउने बताए । ‘पूर्वसहमति अनुसार नै सोमवारदेखि तातोपानीबाट सामान भित्रनेछ, हामी तयारी अवस्थामा छौं,’ उनले बताए ।

चीन र नेपालको नाकामा अर्बाैं रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले यसअघि चीनतर्पmको तीनओटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने व्यवस्था गर्न अनुरोध गरेको थियो । भन्सार कार्यालय तातोपानीका अनुसार बाटोमा अड्किएका समान तत्काल नेपाल ल्याइने गरी नै काम अघि बढाइएको छ ।

चीनमा कोरोना शुरू भएदेखि नै तातोपानी नाका अनियमित बन्दै आएको छ । विशेषगरी असार २५ गते सिन्धुपाल्चोकमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सो नाका पूर्णरूपमा ठप्प रहेको थियो । लिपिङदेखि बाह्रबीसेसम्मको सडक क्षतविक्षत हुँदा नाका पूर्ण रूपमा ठप्प भई सामानहरू आउन पाएका थिएनन् । प्रजिअ ढकालका अनुसार अहिले सडकको अवस्था बलियो बनाइएको छ । अवरोध आउनेबित्तिकै सडक विभागले मर्मत गर्नेगरी समझदारी बनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)