ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसाय लक्षित राहत कार्यक्रम ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग

२०७७ असोज, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोषलाई तत्काल प्रयोगमा ल्याउन माग गरेको छ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नबन्दा निराश बनेको बताए ।

‘मृत्युपछि ओखतीको काम हुँदैन’, अध्यक्ष अधिकारीले भने, ‘घोषणाका लागि मात्र कोष बनेको हो भने छुट्टै कुरा हो । नभए कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने संघको माग छ ।’

बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायलाई पुनर्जीवन दिन राज्यबाट सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको उनले बताए ।

सरकारले आव ०७७/७८ को मौद्रिक नीतिमार्फत घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा उनको जोड छ । ‘बन्दाबन्दी र निषेधाज्ञा खुले पनि उद्योग÷व्यवसायले गति लिन सकेको छैन’, अधिकारीले भने, ‘कोरोनाले कहरकै कारण कतिपय व्यवसायी पलायन भएका छन् भने कतिपय बैंकबाट लिएको कर्जाको साँवाब्याज कसरी बुझाउने भन्ने तनावमा छन् ।’

मेलाको आयव्यय सार्वजनिक
पोखरा उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९ सय २१ रुपैयाँ बचत भएको जनाएको छ ।

अध्यक्ष दामु अधिकारीले मेलामा प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजकलगायत स्रोतबाट ८२ लाख ९२ हजार ४ सय गरी ९८ लाख २३ हजार ४ सय आम्दानी गरेको बताए ।

कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको उनले जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले महोत्सवको प्रवद्र्धक संघले कोरोना कहर सकिनासाथ मेला  आयोजना गर्ने बताए ।

संघका महासचिव अर्जुन पोखरेलले इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितका अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको धारणा व्यक्त गरे ।

संघले ०७६ पुस १८ देखि २८ सम्म आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला– ०७६ आयोजना गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मेला आयोजना गरिएको थियो ।

मेला सम्पन्न गर्न उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति तथा पोखरा उद्योग संघ अध्यक्षताको कार्यसम्पादन समिति गठन गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)