ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाक्लेखोलामा करीब २ करोड लगानीमा पुल निर्माण गरिँदै

२०७७ असोज, २०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१०, ११ र १२ वडा जोड्ने चाक्लेखोलामा झण्डै २ करोड लगानीमा पुल निर्माण अघि बढाइएको छ । आइतवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त पुलको शिलान्यास गरेका छन् । गोदावरी नगरपालिका–१० को खमौरा, वडा नम्बर ११ को गौडी र वडा नम्बर १२ को ओलानी क्षेत्रलाई जोड्ने गरी चाक्लेखोलामा पुल निर्माण गर्न लागिको हो ।

१ करोड ७२ लाख ८० हजार ७८ दशमलव ५९ रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरिएको छ । १८ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी केही दिन अघि मात्र निर्माण कम्पनी जय धनञ्जय–रोहिन जेभीसँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले बताए ।

पुलको शिलान्यास गर्दै मन्त्री भट्टले लामो समयदेखि यस क्षेत्रका बासिन्दाले पुलको माग गरे पनि यसअघिका राजनीतिज्ञले जनताको माग सम्बोधन गर्न नसकेको अवस्थामा ढिलै भए पनि चाक्ले खोलामा पुल निर्माण गरेर वडाहरूको सम्बन्ध जोड्नेगरी काम अघि बढाइएको बताए । पुल निर्माणले पूर्णता पाएपछि स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै समयको समेत बचत हुने उनको भनाइ थियो । ‘यो मेरो निर्वाचन क्षेत्र पनि हो । मैलै यहाँको भूगोल, समस्या, समाधान सबै क्षेत्रको जानकारी राखेकाले निर्वाचनका बेला गरेका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जानेछु,’ उनले भने ।

शिलान्यास कार्यक्रममा सहभागी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकार छोटो समयमै जनताले अपेक्षा गरेका पूर्वाधार विकासका काम गर्न सक्षम भएको दाबी गरे । प्रदेश नौलो र संघीय व्यवस्थामा पहिलोपटक गठन भएकाले कतिपय अवस्थामा समयमा कानून निर्माण नहुनु र संघीय सरकारले कानून बनाएपछि मात्र प्रदेशले बनाउनुपर्ने प्रावधानका कारण पनि यहाँको विकासमा विलम्ब हुन पुगेको उनले बताए ।

सबै जिल्लालाई जोड्नेगरी प्रदेश गौरवका सडक निर्माणको काम पनि अघि बढेको भन्दै मन्त्री बोहराले पूर्वाधार विकासमा आप्mनो मन्त्रालय केन्द्रित भएर लागेको उद्घोष गरे । कार्यक्रममा सहभागी सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले निर्वाचनका बेला आपूmले गरेका विकासका वाचा पूरा गर्ने तयारीमा आफ्नो मन्त्रालय लागेको बताए । ‘चाक्ले खोलामा पुल अपरिहार्य थियो,’ उनले भने, ‘त्यो अबको १८ महीनाभित्रै निर्माण सम्पन्न भएर यहाँको सम्बन्ध र विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरेको छु,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)