ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमको हङकङ उडान अनुमति २ साताका लागि स्थगित

२०७७ असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानबाट हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हङकङको सिभिल एभिएशन डिपार्टमेन्ट (सीएडी) ले निगमको उडान २ साताका लागि स्थगित गरिदिएको छ । अक्टोबर ३ मा निगमको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमवार कोरोना पुष्टि भएको निगमले जानकारी दिएको छ । नेपालमा कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुहरूमा हङकङमा परीक्षण गर्दा पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधानअनुरूप नेपाली प्रोटोकलअनुसार त्यहाँ पुगेका यात्रुमा कोरोना देखिएको रिपोर्ट त्यहाँको सिभिल एभिएशन डिर्पाटमेन्ट (सीएडी) ले पठाएको र २ साताका लागि उडान स्थगित गरिएको निगमकी प्रवक्ता खड्काले जानकारी दिइन् । ‘यहाँबाट हामीले सबै प्रक्रिया पूरा गरेर स्वास्थ्य प्रोटोकलअनुरूप नै पठाएका हौं । पीसीआर नेगेटिभ भएकै यात्रुहरू जानुभएको हो । उताबाट रिपोर्ट पोजेटिभ आएको जानकारी आएको छ । त्यसैले २ साताका लागि निगमको उडान हङकङका लागि स्थगित भएको छ,’ उनले भनिन् ।  

प्रवक्ता खड्काका अनुसार अक्टोबर ४ बाट लागेको प्रतिबन्ध अक्टोबर १७ मा मात्र फुकुवा हुनेछ । सोमवार हङकङमा कुल ११ जनामा कोरोना देखिएको र त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ । तीमध्ये एक जना भारतबाट गएका यात्रु रहेको बताइएको छ । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो । निगमले अहिले हङकङसहित मलेशिया, दुबई, दोहा र नारिता नियमित उडान गरिरहेको छ भने कुवेत र साउदीमा उद्धार उडान गरिरहेको छ । निगमका अनुसार अहिले बाहिर जानेभन्दा पनि विदेशबाट आउने यात्रुहरू नै बढी छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)