ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूरमा कोरोना देखिएपछि तातोपानी नाका पुनः बन्द

२०७७ असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे author avatar सुन्दर शिरीष

काठमाडौं/सिन्धुपाल्चोक । लामो समयपछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । ८० दिनपछि सोमवारबाट खुलेको नाका मंगलवारदेखि पुनः बन्द भएको हो ।

भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीका अनुसार नेपालबाट चीनतर्पm सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएपछि नाकाबाट समान पठाउन चिनियाँ पक्षले आनाकानी गरेको छ । यसअघिका सीमाक्षेत्रका संक्रमित चार मजदूरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलवार तीन जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले कन्टेनर नै पठाएको छैन ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले सोमवारका लागि आयात बन्द गरिएको बताइएको छ । सबै चालक र मजदूरको ५/५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदै छ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

आइतवार बेलुकीदेखि सोमवार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनर समान भित्रिएको छ । विशेषगरी ती कन्टेनरमा लत्ता कपडा, गार्मेन्ट सामग्रीसहित केही तयारी सामग्री भित्रिएका थिए । यसअघि भन्सार कार्यालयले दैनिक १५ ओटाभन्दा बढी कन्टेनरमा सामान आउने र त्यसबापत सरदर १ करोड बराबरको राजस्व संकलन हुने अपेक्षा राखेको थियो ।

खत्रीका अनुसार यसअघि चीनले मितेरी पुल पारि स्टोर गरेर राखिदिएका सामग्री लिन चालक र मजदूर गरी २९ जना १२ ओटा कन्टेनर लिएर मितेरी पुल पुग्ने गरेका थिए ।

नाकामा पुनः अवरोध भएपछि तिब्बतको खासादेखि बीचबाटोमा करीब ८ सय कन्टेनरमा तयारी पोशाक, लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिक समान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान र खेलौनाजस्ता सामग्री अड्किएका छन् । बन्द गरिएको तातोपानी नाका अब कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल अघि बढाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार यसबारे दुवै पक्षबीच छलफल भइरहेको छ । उनका अनुसार चीनको खासाबाट चिनियाँ कन्टेनरले ल्याएको सामान नेपालको भन्सार यार्डमा स्टोर गरिदिने र त्यसलाई स्यानिटाइज गरिसकेपछि भन्सार प्रोटोकल पूरा गरेर नेपालले ल्याउने मोडालिटीबारे चिनियाँ पक्षसँग छलफल शुरू भएको छ । यसै मोडालिटीबाट छिट्टै नाका सहज हुने उनको दाबी छ ।

गत असोज १३ मा नेपाल र चीनका अधिकारीबीच मितेरी पुलमा भएको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपत्बाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमति भएको थियो । चीनको खासा र न्यालम क्षेत्रमा रहेका डेढ सय कन्टेनरका रेडिमेड सामग्री दशैंैअघि राजधानी ल्याउने लक्ष्य राखेर नाका सञ्चालनमा ल्याइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)