ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजेलकै भरमा नेपालकै ठूलो सिमेन्ट उद्योग

साढे २ वर्षसम्म पनि होङसी शिवम् सिमेन्टले पाएन विद्युत्

२०७७ असोज, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । ७० प्रतिशत वैदेशिक लगानीमा सञ्चालित ठूलो लगानीको सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टले साढे २ वर्षदेखि विद्युत् पाउन नसक्दा आयातित डिजेलकै भरमा सिमेन्ट उत्पादन गर्न बाध्य भएको छ ।

वैदेशिक लगानीका उद्योगहरूलाई सडक, बिजुलीजस्ता पूर्वाधार बनाई सहजीकरण गर्ने सरकारको घोषित नीति छ । तर, रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन शुरू गरेको साढे २ वर्ष बितिसक्दा पनि सरकारले लाइनबाट बिजुली उपलब्ध गराएको छैन ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले उक्त उद्योगलाई विद्युत् उपलब्ध गराउने गरी प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पुर्‍याउने लक्ष्य राखेको थियो । तर, वनका रूख कटान, जग्गा विवाद, कोरोना भाइरस (कोभिड–१९)का कारण यो लक्ष्य प्रभावित भएको छ । यसले गर्दा एकातिर राज्यले बिजुली विक्रीबाट कमाउने करोडौं राजस्व गुमाएको छ भने उद्योग महँगो डिजेलबाट उद्योग सञ्चालन गर्न बाध्य भएको छ ।

उक्त प्रसारणलाइन नवलपरासीको बर्दघाट र सर्दीसम्म (कारखाना रहेको स्थान) को दूरी जम्मा २० किलोमीटर छ । ‘सरकारले वैदेशिक लगानीलाई प्राथमिकता दिएको प्रचारप्रसार जति गरेर पनि हामीले त्यसको अनुभूति गर्न भने पाएनौं,’ ती अधिकारीले भने, ‘अहिले डिजेल प्रयोग गरी उत्पादन गर्दा मासिक रू. २१ करोड खर्च हुँदै आएको छ, यदि विद्युत् हुन्थ्यो भने एक तिहाइले खर्च कम भई उत्पादन अझ सस्तोमा विक्री गर्न सकिने थियो ।’

लामो समयसम्म पनि विद्युत् उपलब्ध गराउन राज्य असफल भएकाले वार्षिक रूपमा अनावश्यक खर्च भइरहेको उनको भनाइ छ । उनले भने, ‘प्mयाक्ट्रीसम्म विद्युत् पुग्ने विषय अझै अनिश्चित भएकाले दुःख पाइएको छ ।’

उक्त उद्योगले २०७५ जेठदेखि व्यावसायिक उत्पादन शुरू गरेको हो । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले दैनिक ७० हजार लिटर डिजेल खपत गर्दै आएको छ ।

प्रसारणका लाइनका लागि बन्ने ६६ ओटा टावरमध्ये सातओटामा अझै विवाद छ । ३१ ओटा टावर खडा भइसकेका छन् । साथै, ६० ओटा टावरको फाउन्डेशन तयार भइसकेको छ । आयोजना प्रमुख हरि पाण्डेले प्रसारणलाइनमा पर्ने रूखहरू अझै काट्न नपाइएको बताए ।

विवाद देखिएका टावरमा मुआब्जा लिन स्थानीय नआउँदा काम रोकिएको छ ।

‘जग्गा विवाद सल्टिएको, रूख काट्ने अनुमति पाएको र कोरोना नभएको भए चैतसम्ममा उद्योगलाई विद्युत् दिइसक्ने थियौं,’ पाण्डेले भने, ‘विवाद देखिएको जग्गामा प्रशासनले नै हस्तक्षेप नगरे विद्युत् दिन थप विलम्ब हुन्छ । सरकारबाट सहयोग भएमा १ महीनाभित्र यो विवाद समाधान हुन्छ ।’ प्रसारणलाइनमा पर्ने रूख काट्न वन कार्यालयमा पत्राचार गरिएको छ । आयोजनाका अनुसार बर्दघाटदेखि सर्दीसम्म ५ हजार ६०० रूख काट्नुपर्नेछ । तर, वन कार्यालयबाट स्वीकृत आएको छैन ।

प्रसारणलाइनको ८० प्रतिशत भौतिक प्रगति भइसकेको छ । उक्त उद्योगले ५४ मेगावाट (मेवा) विद्युत् माग गरेको थियो । त्यसमध्ये २८ मेवा विद्युत् उद्योगलाई दिन सके पनि प्राधिकरणलाई मासिक रू. १५ करोड आम्दानी हुने आयोजनाको एक अध्ययनले देखाएको छ । तर, माथिल्लो निकायले नै चासो नदिएकाले उत्पादन खर्च घटाउने कार्यमा ढिलाइ हुँदै गएको उद्योगको भनाइ छ ।

कम्पनीले अहिले सोही फ्याक्टीबाटै निस्कने तापबाट विद्युत् निकाल्ने प्रविधि जडान गरिसकेको छ । त्यसबाट पनि ७ देखि ८ मेगावाट बिजुली उत्पादन हुन्छ । उद्योगमा नेपाली पाटर्नर शारदा ग्रूप तथा शिवम् सिमेन्टसहितका अन्यको ३० प्रतिशत अंश रहेको छ भने बाँकी ७० प्रतिशत चिनियाँ कम्पनी होङसी समूहको छ । पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको कुल क्षमता भने दैनिक १२ हजार टन छ । आगामी २÷३ वर्षकै अवधिमा पूर्ण क्षमतामा सिमेन्ट उत्पादन थाल्ने उद्योगको तयारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

मीन बहादुर राना

[Oct 17, 2020 02:09am]

हाेङ्सीतिर जाने विद्ययुत प्रसारण लाइन पनि प्राधिकरणका पदाधिकारीहरूकाे दादागिरी र स्थानीय टाउकेहरूकाे चलाखीले जताजता गरिबहरूकाे बस्ती छ त्यतै त्यतै घुमाउन थालेकाेले ढिलाे भएकाे भनेर कसले लेख्देला ।


User Image

sushil

[Oct 13, 2020 04:15am]

Dhikar xa sarkar bikas kachuwa ko tal ma ani brastachar chahi kharayo ko tal ani hun6 ta bikas



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)