ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अबको विकल्प आन्तरिक पर्यटन

२०७७ असोज, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारीको कारण तत्कालका लागि अन्तरराष्ट्रिय पर्यटकको आगमनको सम्भावना नरहेकाले नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका छन् । टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालले सरोकारवालाहरूसँग बिहीवार आयोजना गरेको ‘आन्तरिक पर्यटन सुचारु : पर्यटन पुनरुत्थानका लागि पहिलो पाइला’ विषयक देशदर्शन संवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कोरोनाको प्रभाव छिट्टै हट्ने सम्भावना नदेखिएको र स्वास्थ्य सुरक्षाको विषयमा अन्तरराष्ट्रिय पर्यटकले बढी चासो दिने हुनाले तत्कालका लागि आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनीहरूको धारणा छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले मापदण्डहरूको परिपालनालाई भने सबैले विशेष ध्यान दिनुपर्ने उनीहरूले बताए ।

संवाद कार्यक्रममा होटल एशोसिएशन नेपाल (हानका) अध्यक्ष सिर्जना राणाले आन्तरिक वा बाह्य जुनसुकै अवस्थाका लागि होटलहरू तयारी अवस्थामा रहे पनि अन्तरराष्ट्रिय पर्यटन ‘पर्ख र हेर’कै अवस्थामा रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताइन् । सबै सरोकारवाला निकायबीच समन्वय गरी आन्तरिक पर्यटन प्रवद्धनका लागि एकीकृत धारणा आउनुपर्ने उनको भनाइ छ । वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले कोरोनाको कारण हवाई क्षेत्र बढी प्रभावित भए पनि पछिल्लो पटक आन्तरिक उडान खोल्दा केही राहत मिलेको बताए । आफूहरूले स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै पहिलेदेखि नै आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्न आग्रह गर्दा सरकारले नमानेको अवस्थामा पछिल्लो पटक उडान खोल्दा सर्वसाधारणले सहज यात्रा गर्न पाएको र कोही पनि संक्रमित नभएको उनको भनाइ छ ।

टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ)का संयोजक दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको औंल्याए । हान पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले आर्थिक गतिविधि चलायमान बनाउन आन्तरिक पर्यटनमै जोड दिनुको विकल्प नभएको बताए । पोखरा, लुम्बिनी चितवन मात्र नभई त्यससँग जोडिएका अन्य गन्तव्यहरूलाई पनि सँगै लैजानुपर्ने धारणा उनले राखे । यस्तै नेपाल एशोसिएशन अफ टुर अपरेटर्स (नाटोका) सचिव अमरबहादुर शाही र धरान पर्यटन विकास समितिका सदस्य एलिना मगरले स्वास्थ्य सुरक्षामा उचित ध्यान दिँदै आन्तरिक पर्यटन चलायमान बनाउनुपर्ने बताए ।

नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न तथा सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम असोज १० गते टास्क फोर्स गठन गरिएको थियो । त्यसपछि टास्कफोर्सले पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूसँग विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपालका प्रमुख कार्यकारी अधिकृत नयाँ सुरेशसिंह बुडालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)