ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञा खुलेको ३ महीनामा पनि सुध्रिएन उद्योगको उत्पादन

२०७७ कार्तिक, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीका कारण बन्दाबन्दी भएको ४ महीनापछि खुलेका उद्योगहरूको उत्पादनमा पछिल्लो ३ महीना पनि खासै सुधार हुन सकेको छैन ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नबाहेकका उद्योगको उत्पादन क्षमताको ५० प्रतिशतमा सीमित रहेको छ । कामदारमा कोरोना संक्रमणको बढ्दो दर र बजारमा वस्तुको खपत घटेकाले उत्पादनमा कमी आएको उद्योगीहरू बताउँछन् । जाडो शुुरू हुन लाग्दा कोरोनाको दरसमेत बढिरहेकाले अबको २ महीनासम्म कोरोना संक्रमण बढ्ने र त्यसको सामना गरेपछि मात्र उद्योगको अवस्था के हुुने भन्ने आकलन गर्न सकिने उद्योगीहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले सुनसरी मोरङ औद्योगिक कोरिडोरका खाद्यान्नबाहेकका उद्योगहरूको उत्पादन ५० प्रतिशतमा सीमित रहेको बताए । बन्दाबन्दी खुुकुलो भएको ३ महीनापछि पनि बजारमा माग नबढेकाले उद्योगहरूको उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।

अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन शतप्रतिशत भए पनि बजारमा माग नभएकाले अन्य उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित हुन पुुगेको राउतले बताए ।

उनले भने, ‘बजारमा माग भयो भने आपूर्ति गर्ने हो, तर माग छैन उत्पादन गरेर गोदाममा थन्क्याउन किन उत्पादन गर्ने ?’ पछिल्लो समय निर्माणसँग सम्बद्ध उद्योगहरूको उत्पादन व्यापक कटौती भएको छ । सिमेन्ट, रड, इँटालगायत उद्योगको उत्पादन घटेको छ । त्यस्तै कपडा, धागो, जुट उद्योगको उत्पादनमा समेत कटौती भएको छ । तीन सिफ्ट चल्दै आएका उद्योगहरू अहिले दुुई र एक सिफ्टमा सीमित भएका छन् ।

बहुुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले पछिल्लो समय मेची नाकाबाट भुटान, पश्चिमबंगाल र असाम राज्यमा पठाउँदै आएको फलामका वस्तुहरू पठाउन छाडेको छ । बन्दाबन्दीअघि मेची भन्सार हुँदै बाहिरिने ती वस्तुको निकासी बन्द प्रायः भएको मेची भन्सार स्रोतले बतायो । आरती स्ट्रिपका भाइस प्रेसिडेन्ट विशाल गुुप्ताले मजदूरमा देखिएको कोरोना संक्रमणपछि उद्योग २ साता बन्द गर्नुपरेको र यसले उत्पादनमा समेत गिरावट आएको बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बन्दाबन्दी खुले पनि उद्योगहरूको अवस्थामा तुलनात्मक रूपमा सुधार आउन नसकेको बताए । उनले जाडोका कारण संक्रमण झन् फैलिइरहेको र अबको २ महीना अग्निपरीक्षासरह हुने बताए । जाडोमा बढी फैलने भएकाले कोरोना संक्रमणको अबको २ महीनापछिको अवस्थाले उद्योगहरूको भविष्य निर्धारण गर्ने उनले बताए ।  

उनले भने, ‘माग र आपूर्ति बीचको सन्तुुलन अहिले खलबलिएको छ, जसका कारण उद्योगहरूको अवस्थामा सुधार हुन सकेको छैन ।’ उद्योगीहरू पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बन्दाबन्दी खुलेको २ महीना उद्योगको अवस्था केही राम्रो भए पनि मजदूर र कर्मचारीमा समेत संक्रमण बढेपछि उद्योगको उत्पादन घटेर ५० प्रतिशतमा झरेको बताए । उद्योगहरूको अवस्थालाई सुधार गर्न बैंकहरूले लिँदै आएको कर्जा नवीकरण शुल्क मिनाह गर्नुपर्ने, आयकर ब्यालेन्स सिटलाई पुुसबाट चैत मसान्तसम्म म्याद सार्नुपर्नेजस्ता आफ्ना माग सरकारले पूरा गरिदिनुपर्ने उद्योगीको भनाइ छ । त्यसैगरी साँबाब्याज बुुझाउने म्याद ६ महीनासम्म थप गरिनुपर्ने माग सम्बोधन हुनुपर्ने उनीहरूले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ५ सय उद्योग छन् । बन्दाबन्दीपछि उद्योगहरू सञ्चालनमा आए पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्दा २० हजार मजदूर बेरोजगार भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)