ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ महीनामा रू. २ अर्बले बढ्यो मोबाइल आयात

२०७७ कार्तिक, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा रू. २ अर्बले मोबाइलको आयात बढेको छ ।

नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिकमा ९ अर्ब १८ करोडको मोबाइल फोन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको भन्दा रू. २ अर्बले बढी हो ।

चालू आवको ३ महीनामा कुल २० लाख २२ हजार फोन सेट आयात भएको देखिन्छ । गत वर्षको साउनदेखि असोजसम्म रू. ७ अर्ब १९ करोडका १३ लाख ४४ हजार मोबाइल सेट आयात भएका थिए ।

२ वर्षअघि मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गर्ने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको थियो । त्यही कारण आर्थिक वर्ष २०७४/७५ को तुलनामा त्यस वर्ष आयात घटेको थियो ।

अघिल्लो वर्ष केही नीतिगत सहजता भएपछि मोबाइल फोन आयातमा सुधार आएको थियो ।

अहिले समग्र आयात घटे पनि मोबाइल फोनको आयात भने बढेको छ । संघका अध्यक्ष एवम् सामसुङका लागि नेपालको आधिकारिक विक्रेता आईएमई ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार कोरोनाका कारण भच्र्युल छलफल बढेको र अवैधानिक आयात बन्द भएका कारण बजारमा मोबाइल फोनको माग बढेको हो ।

उनका अनुसार यस अवधिमा मोबाइल फोनको माग अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बरले बढेको छ । चैतयता मोबाइल फोनको माग बढे पनि मागअनुसार आयात हुन नसकेकोमा बन्दाबन्दी खुलेपछि आयात सहज भएको उनले बताए । ताम्राकार मोबाइल एशोसिएशनका सचिव गुरु शर्माका अनुसार निषेधाज्ञापछि नेपाली बजारमा सामसुङ, भिभो, ओप्पो, रियलमी, हुवावेलगायत स्मार्ट मोबाइल फोनको माग उच्च रहेको छ । यस वर्ष जीओमी, भिभो र रियलमीका मोबाइल फोनको आपूर्ति गतवर्षको भन्दा बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)