ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् आयोजना सर्वेको निवेदन घट्न थाल्यो

२०७७ कार्तिक, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौ । पछिल्लो समय विद्युत् आयोजनाको अध्ययन गर्न विद्युत् विकास विभागमा आउने आवेदनको संख्या ≈वात्तै घटेको छ ।

सम्भावित आयोजनाको कमी हुँदै गएपछि जलविद्युत् आयोजनाको अध्ययनका लागि आउने आवेदन घटेको हो ।

चालू आर्थिक वर्ष शुरू भएयता लगभग १० ओटा विद्युत् आयोजनाको अध्ययन गर्ने भन्दै अनुमतिपत्रका लागि विभागमा आवेदन परेको थियो । जुन अघिल्ला वर्षहरूको तुलनामा अत्यन्तै कम रहेको विभागको भनाइ छ । त्यसमाथि केही आवेदनहरू खारेज भएर अहिले पाँचओटा कम्पनीको आवेदन सर्वे लाइसेन्सको पाइप लाइनमा छन् । तीमध्ये पनि केही कम्पनीको आवेदन खारेज हुुन लागेको विभागले बताएको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहले आयोजना अध्ययनका लागि आउने आवेदन संख्यामा कमी आएको बताए । ‘सर्वे लाइसेन्सका लागि चालू आवमा जति आवेदन परेको छ, अघिल्लो वर्षको भन्दा कम छ,’ उनले भने ।

यद्यपि, कोरोना भाइरसको महामारीका कारण आवेदन संख्यामा कमी नआएको उनी बताउँछन् । ‘कोरोना भाइरसले विद्युत् क्षेत्रको अन्य विषयमा असर पु¥याएको छ । तर, यस मामलामा भने असर परेजस्तो लाग्दैन,’ उनले भने, ‘पछिल्लो समय सम्भावित आयोजनाहरू नै कम भएका हुन सक्छन्, त्यस कारणले पनि आवेदन कम परेको हुन सक्छ ।’ समग्रमा चालू आवमा आएको आवेदन अन्य वर्षको तुलनामा अन्यन्त न्यून रहेको उनको भनाइ छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार जलविद्युत्तर्फ चार र सोलारतर्फ एक गरेर जम्मा पाँच आयोजना मात्र सर्वे लाइसेन्सको लागि पाइप लाइनमा छन् । उनीहरूको उत्पादन क्षमता पौने ३०० मेगावाट हुने बताइएको छ ।

तथ्यांकअनुसार जलविद्युततर्फ कुल १७६ दशमलव १६ मेगावाट बराबरको आयोजनाका सर्वे लाइसेन्सका लागि पाइप लाइनमा छन् । त्यसमा सबैभन्दा बढी क्षमता भएको दूधकोशी ‘भी’ जलविद्युत् आयोजना रहेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी (नेपाल) प्रालिले दूधकोशी नदीबाट १०२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी अध्ययनका लागि अनुमति मागेको छ ।

यस्तै, सीता हाइड्रो पावर कम्पनी प्रालिले दूधकोलाबाट ६५ मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै अध्ययन अनुमति मागेको छ । यसैगरी उज्यालो इनर्जी सोलुशन प्रालिले मस्र्याङ्दी क्यासकेड जलविद्युत् आयोजनाबाट ५ मेगावाट र रुक्मिणी पावर कम्पनीले सिन्से खोला जलविद्युत् आयोजनाबाट ४ दशमलव १६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अनुमति माग गरेको देखिन्छ ।

तर, विभागले आइतवार मस्र्याङ्दी क्यासकेड जलविद्युत् आयोजनाका लागि परेको आवेदन खारेज गर्ने निर्णय गरेको छ । आवश्यक कागजपत्र नपुगेपछि यस्तो निर्णय गरिएको विभागका एक अधिकारीले जानकारी दिए ।

यस्तै, सौर्य ऊर्जातर्फ हालसम्मकै ठूलो आयोजना अध्ययनका लागि आवेदन परेको छ । पानस इनर्जी कम्पनीले १०० मेगावाटको सोलार प्लान्ट बनाउने गरी विभागमा अध्ययन अनुमति मागेको छ । उक्त आयोजना सोलार प्लान्टतर्पm ठूलो आयोजना हो । कम्पनीले लामाडाँडा लालपुर सोलार आयोजनाको नामबाट सो बराबरको विद्युत् उत्पादन गर्ने बताएको छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमता बराबरको सोलार प्लान्ट बनाइरहेकोे छ । हालसम्म उक्त आयोजनालाई नै ठूलो सोलार प्लान्ट मानिएको छ । लामाडाँडा लालपुर सौर्य आयोजना निर्माण भएपछि भने यही आयोजना ठूलो मानिनेछ ।

विभागले चालू आर्थिक वर्षमा दुई आयोजनालाई अध्ययन अनुमतिपत्र प्रदान गरेको छ । विभागले मेवा डेभलपर्स प्रालिलाई २६ दशमलव ८६ मेगावाटको सिवाखोला जलविद्युत् आयोजना र रोड नेपाल प्रालिलाई ७ दशमलव ४० मेगावाटको माथिल्लो दाना खोला जलविद्युत् आयोजनाको अध्ययन गर्न अनुमति दिएको हो । विभागले गत असोजमा उक्त दुई प्रवर्द्धक कम्पनीलाई माग गरिएअनुसारको आयोजनाको अध्ययन गर्न अनुमति दिएको हो । उनीहरूले २०७९ असोजभित्र अध्ययन गरिसक्नुपर्ने विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)