ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक विमान सेवामा भारतीय लगानी

सौर्यको ४९ प्रतिशत शेयर कुवेर समूहले लियो

२०७७ कार्तिक, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । विगत १० महीनादेखि सेवा ठप्प भएको निजीक्षेत्रको सौर्य एयरलाइन्सले भारतीय कुवेर समूहलाई नयाँ साझेदारका रूपमा भित्र्याएको छ । नयाँ साझेदार भिœयाएसँगै सौर्यले बुधवारदेखि नियमित उडान पनि शुरू गर्ने भएको छ । कम्पनीले भारतीय कुवेर समूहलाई ४९ प्रतिशत शेयर दिएर भित्र्याएको हो । कम्पनीमा ५१ प्रतिशत शेयर नेपाली समूहकै रहेको छ ।

विद्यमान कानूनअनुसार आन्तरिक उडानका लागि विदेशी लगानी भित्र्याउँदा बहुमत शेयर नेपाली लगानीकर्ताकै हुनुपर्ने प्रावधान छ । यसैअनुरूप ५१ प्रतिशत शेयर आफैसँग राखी भारतीय साझेदार भित्र्याएको सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताए । ‘आर्थिक अभावका कारण नयाँ योजनाहरू कार्यान्वयन गर्न समस्या परेको थियो । अहिले भारतीय बजारमा राम्रो छवि भएको कम्पनीलाई नयाँ साझेदारका रूपमा भिœयाएका छौं । यसले गर्दा हामी आगामी दिनमा आन्तरिक बजार र निकट भविष्यमै क्षेत्रीय बजारमा समेत आप्mनो उपस्थिति जनाउनेछौं,’ उनले भने ।

आन्तरिक उडानमा विदेशी साझेदार भित्र्याउने सौर्य नै पहिलो कम्पनी भएको उनले जानकारी दिए । कुवेर समूह भारतमा रियल इस्टेट तथा टोबाको क्षेत्रमा लगानी गरेको समूह हो ।

प्रबन्ध निर्देशक भट्टराईका अनुसार कम्पनीले हाल तीनओटा विमानबाट सेवा दिनेछ भने छिट्टै नयाँ एटीआर जहाज खरीद गर्ने योजना बनाएको छ । नेपाली आकाशमा अन्य विमानभन्दा एटीआरको सञ्चालन खर्च कम आउने र नेपालको भौगोलिक अवस्थितिका लागि अनुकूल पनि भएको उनको भनाइ छ । कुवेर समूहको प्रवेशपछि उत्साहित भएको सौर्यले व्यावसायिक रणनीतिअनुरूप थप पाँचओटा जहाज ल्याउने योजना बनाएको जानकारी दिएको छ । त्यसपछि आन्तरिक हवाई व्यवसायमा आफ्नो अंश बढाउन सकिने कम्पनीको विश्वास छ । सौर्यले लकडाउनकै बीच ५० सीटे क्यानेडियन बम्बार्डियर सीआरजे–२०० जहाज थपेको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० ओटा उडान अनुमति पाएको भए पनि शुरूमा दैनिक तीन गन्तव्यमा एकएक उडान गर्ने योजना बनाइएको कम्पनीका बजार प्रमुख एवम् प्रवक्ता मुकेश खनालले जानकारी दिए । तत्कालका लागि कम्पनीसँग उडानयोग्य जहाज एउटा मात्रै रहेको र यात्रु पनि कम भएकाले एउटै जहाजबाट उडान गरिने उनले बताए । प्रवक्ता खनालका अनुसार तीनओटा जहाजमध्ये दुईटा जहाजको मर्मतसम्हारमा भइरहेको छ । उनका अनुसार बुधवारदेखि कम्पनीले भैरहवा, भद्रपुर र विराटनगरलगायत तीनओटा गन्तव्यमा उडान गर्ने छ । तीनैओटा जहाज सञ्चालनयोग्य भएपछि कम्पनीले विराटनगर, नेपालगञ्ज, भद्रपुर, भैरहवा र धनगढीलगायत पाँच गन्तव्यमा उडान पुनः शुरू गर्ने छ । ‘टिकट बुकिङ खुला गरिसकेका छौं । बुधवारबाट शुरूमा तीन उडान गर्छौं । त्यसपछि प्राधिकरणको अनुमतिअनुरूप अन्य क्षेत्रमा पनि विस्तारै उडान गर्नेछौं,’ उनले भने ।

सन् २०१४ मा शुरू भएको कम्पनी ४ वर्षमा नै आर्थिक संकट बेहोरेपछि पुरानो व्यवस्थापनले एअरलाइन्स नयाँ समूहलाई विक्री गरेको थियो । नयाँ समूहले शुुरूमै भारतीय कुवेर समूहसँग समझदारी गरी सौर्य एयरलायन्स किनेको थियो । नेपाली आकाशमा खासगरी टंक रूटमा बुद्ध, यति र श्री एअरलाइन्सले सेवा दिइरहेको छन् । सौर्य एअरलाइन्सको पुनरागमनले आन्तरिक उडानमा थप प्रतिस्पर्धा हुने देखिएको छ । आन्तरिक बजारमा पुराना एअरलाएन्सहरूबीच कडा प्रतिस्पर्धा हुने देखिए पनि आपूmहरू त्यो प्रतिपस्पर्धा गर्ने गरी आएको प्रबन्ध निर्देशक भट्टराईले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)