ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईपासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीले पायो

२०७७ कार्तिक, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले ईपासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको छ ।

राहदानी विभागले पटकपटक टेन्डर आह्वान गर्दै आएकोमा बुधवार सबैभन्दा सस्तोमा कबुल गर्ने फ्रान्सेली कम्पनी आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटी ‘एसएएस’लाई प्रतिस्पर्धाका माध्यमबाट जिम्मा दिन सम्झौताका लागि आशयपत्र पठाएको हो ।

विभागका अनुसार आशयपत्र पठाएसँगै सम्झौताका लागि फ्रान्सको कम्पनी विभागसँग सम्पर्कमा आउनुपर्नेछ । अहिले विभागसँग साढे ४ लाखको हाराहारीमा पासपार्ट मौज्दात छ ।
फ्रान्सको उक्त कम्पनीले १३ महीनामा २ करोड ११ लाख डलरमा २० लाख थान ईपासपोर्ट छपाइ गर्न सक्नेगरी ठेक्का प्रक्रियामा कबुल गरेको विभागको भनाइ छ ।

विभागका निर्देशक पुप्पराज भट्टराईका अनुसार फ्रान्सेली कम्पनीले ९ महीनामा आधा काम सकिसक्नुपर्ने छ र त्यसपछि थप अर्को चरणमा आधा काम गरी सबै काम दुई चरणमा सक्नेगरी सम्झौता हुन लागेको बताए । उनका अनुसार समयमै कम्पनीले कबुलअनुसारको काम नगरे सम्झौता रद्द हुनेछ ।

विभागले ईपासपोर्ट छपाइका लागि पहिलोपटक २०७६ भदौ १० गते ठेक्का आह्वान गरेको थियो । ५ वर्षमा ५० लाख ईपासपोर्ट आह्वान गरेको ठेक्का कात्तिक २१ गते बोलपत्र बुझाउने अन्तिम दिनमा रद्द गरिएको थियो । पहिलोपटक आह्वान गरिएको ठेक्कामा विभिन्न देशका १५ ओटा कम्पनीले प्रस्ताव बुझाएका थिए ।

त्यसबेला मन्त्रिपरिषद्ले आप्mनै देशमा सेक्युरिटी प्रेस स्थापना गर्न लागेको र सोही सेक्युरिटी प्रेसमा राहदानी छाप्न सकिने भन्दै विभागलाई ठेक्का रद्द गर्न निर्देशन दिएको थियो ।
तर, विवादित खरीद प्रक्रिया र तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले रकम बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोकिएको थियो । सेक्युरिटी प्रेस स्थापना अनिश्चित बनेपछि पासपोर्ट अभाव टार्न विभागले गतवर्ष दोस्रोपटक टेन्डर आ≈वान गरेको थियो ।

विभागले दोस्रोपटक फागुन १९ गते गरेको २० लाख थान ईपासपोर्ट छपाइको टेन्डर अन्तिम चरणमा आएर रद्द भएको थियो । सहभागी कम्पनीहरूको केही प्रमाण नपुगेको भन्दै विभागले गत असोज ५ गते उक्त टेन्डर रद्द गरेको थियो । असोज ८ मा विभागले तेस्रोपटक टेन्डल निकाल्दा एसएएससहित सात विदेशी कम्पनी प्रतिस्पर्धामा थिए । यसले सबैभन्दा कम मूल्य अर्थात् २ अर्ब ४७ करोड कबुल गरेर ईपासपोर्ट छपाइको ठेक्का हात पार्न लागेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)