ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल वायुसेवा निगम सुधार्न महाप्रबन्धकको १६ बुँदे निर्देशन

२०७७ कार्तिक, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न भन्दै १६ बुँदे निर्देशन जारी गरेका छन् । विगत केही समयदेखि निगममा विकास हुँदै आएको अनुशासनहीनता तुरुन्त सुधार गर्नुपर्ने चरणमा आइसकेको औंल्याउँदै उनले अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरेका हुन् ।

निर्देशनमा महीनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखहरूले मासिक प्रगति विवरण अनिवार्य रूपमा पठाउनुपर्ने, विभागीय प्रमुखहरूले प्रयोग गर्ने सवारीसाधन निगममै पार्किङ गर्नुपर्ने, निगमका प्रवक्ता र सहप्रवक्ताले निगमको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी उपलब्ध गराउनुपर्ने लगायत उल्लेख छन् । विनाकाम अबेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टाभन्दा कम समयको ओभरटाइमको गणना नगर्न पनि महाप्रबन्धक पौडेलले निर्देशन दिएका छन् ।

यसैगरी बिहान १० बजेसम्ममा सबै कर्मचारी कार्यालय आइपुग्नुपर्ने, कुनै कारणले ढिला भएमा एक महीनामा चार पटकसम्म १५ मिनेटका दरले छूट दिने तर सो हदभन्दा बढी भएमा गयल जनाउने र ढिलो आएको दिन चाँडै निस्केमा उक्त छूट पनि नदिन निर्देशन दिइएको छ । कार्यालयमा हाजीर गरी बाहिर जाने, पोशाक तथा परिचयपत्र नलगाई कार्यालय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउन र एक महिनामा चार पटकभन्दा बढी यस्तो हेलचेत्र्mयाइँ गरेमा कार्यालय प्रवेशमै रोक लगाउन पनि सम्बन्धित विभागहरूलाई निर्देशन दिइएको निगमले जानकारी गराएको छ ।

धराशयी बनेको निगमलाई आर्थिक रूपले सबल बनाउन पहिला संगठनभित्रको आचरण र अनुशासन नै बलियो बनाउनुपर्ने भन्दै पौडेलले प्रारम्भिक सुधारको थालनी गरिएको बताएका छन् । अहिले पनि निगमलाई सुधार्न नसके कहिल्यै नसकिने उनको भनाइ छ । तर निगमकै कतिपय कर्मचारीले भने महाप्रबन्धकले राम्रो शुरुआत गर्न खाजेको भए पनि निगम यी समस्याको कारण मात्र पछि नपरेकाले समग्र सुधारका लागि ठूलो प्रयासको खाँचो रहेको बताएका छन् ।

यसैबीच, निगमले प्रवक्ताको जिम्मेवारी करिश्मा श्रेष्ठलाई दिइएको छ । उनी महाप्रबन्धक कार्यालयकी कामु निर्देशक हुन् । यसअघि प्रवक्तामा अर्चना खड्का थिइन् । महाप्रबन्धक पौडेलले सूचना प्रवाहलाई सहज र सरलीकरण गर्न भन्दै प्रवक्ताको जिम्मेवारी हेरफेर गरेका हुन् । योसँगै सहप्रवक्ताका रूपमा सुलेख मिश्रलाई तोकिएको छ । दोस्रोपटक सहप्रवक्ता बनेका मिश्र वरिष्ठ अधिकृत हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)