ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बडादसैंमा विभिन्न देशका राजदूतहरुले दिए नेपालीलाई  शुभकामना 

चिनियाँ राजदूत यान्छी रेशम फिरिरी..... गीत गाउँदै, अमेरिकी राजदूत मासु पकाउँदै 

२०७७ कार्तिक, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कात्तिक १०, काडमाडौं  । विदेशीहरुले सबैभन्दा बढी गाउने नेपाली गीत मध्ये पर्ने ‘रेशम फिरिरी....’ बोलको गीत गाउँदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजया दशमीको शुभकामना दिएकी छन् । 

आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर चिनियाँ राजदूत यान्छीले नेपालीहरूलाई दसैं शुभकामना दिएकी हुन् । 

‘मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी भन्ने गितको अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं’, उनले सामाजिक सञ्जाल ट्विटरमा भनेकी छन् । एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले विजयादशमीले सबैलाई शौभाग्य र खुसी ल्याओस भन्दै शुभकामना पनि दिएकी छन् ।

यस्तै नेपालका लागि भारतीय राजदूत  विजय मोहन क्वात्राले पनि विजयादशमीको उपलक्ष्यमा राम्रो स्वास्थ्य, समृद्धिको कामना गरेका छन् ।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस’, क्वात्राले ट्वीटमार्फत शुभकामना व्यक्त गरेका छन् । 

यस्तै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले गतवर्ष दूतावासले आयोजना गरेको दसैंको टीका ग्रहण र सांस्कृतिक कार्यक्रमको तस्वीर ट्वीटरमा राखेर विजयादशमी –२०७७ को शुभकामना दिएका छन् । 

राजदूत बेरीले बडादसैं मनाइरहेका सबैमा शुभकामना दिंदै ट्वीटरमा ‘२०७७ सालको विजयादशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं’, भनेका छन् ।

राजदूत बेरीले बडादसैंको रमाइलोमा खसीको मासु खाने भन्दै मासुको परिकारलाई पहिलो पटक पकाएको अनुभव पनि साटेका छन् । उनले आफुलाई बडादसैंको असाध्यै मनपर्ने पक्षहरुमध्ये एक भनेको अष्ठमिमा मीठो खसिको मासु खाने अवसर पनि एक हो भनेका छन् । 

उनले अहिले सामाजिक दूरी कायम गर्नु पर्ने र बाहिरफेर हिंड्न नमिलेकाले आफ्नो परिवारलाई खसीको मासु बनाउन आफै भान्सामा आइपुगेको भन्दै मासु पकाएको भिडियो सार्वजनिक गरेका छन् ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)