ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोराना नियन्त्रणका लागि सबैको सुझाव लिएर काम गर्छौं : अर्थमन्त्री

मिडियालाई सेवा उद्योगका रुपमा मान्यता दिन माग

२०७७ कार्तिक, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कार्तिक १३, काठमाडौं  । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरसको न्यूनीकरण र नियन्त्रणका लागि सबैको सुझाव लिएर सरकारले काम गर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग बिहीवार भएको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाले उत्पन्न गरेका समस्याहरुको सम्बोधन गर्ने वातावरण तयार पार्न लागि नेपाली मिडियाको भूमिका अझ बढेको समेत बताए । 

उनले सरकारको कार्य तथा गतिविधिहरुलाई निरन्तर रुपमा नियालेर सुझाव र आलोचना गर्न पनि आग्रह गर्दै मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्धत गर्ने बताए । 

उनले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताउँदै पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा नेपाल पत्रकार महासंघसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने धारणा राखे ।

लोकतन्त्रमा मिडिया र पत्रकारलाई चौथो अंगको भूमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले पत्रकारिता जगतलाई पनि सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन अनुरोध गरे ।

नेपाल पत्रकार महासंघले पेश गरेका सुझावहरुबारे अर्थ मन्त्रालयका अधिकारी र नेपाल पत्रकार महसंघका पदाधिकारीहरुसँग पुनः छलफल गर्न भन्दै अर्थमन्त्री पौडेलले छलफल र संवादका आधारमा मिडिया र पत्रकारहरुका समस्या सम्बोधन गरिने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको महासंघको टोलीले अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र बुझाएको थियो । टोलीले नेपाली मिडियालाई सेवा उद्योगका रुपमा मान्यता दिन पनि अर्थ मन्त्रालयसँग माग गर्दै श्रमजीवी पत्रकार ऐन र नियमावालीमा रहेका व्यवस्था कार्यान्वयन नगर्ने सञ्चारगृहलाई नेपाल सरकारका तर्फबाट कुनै पनि सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ । 

महासंघले कोराना भाइरसले उत्पन्न गरेको जटिलामा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्धकालीन योजना तयार गर्न आग्रह गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । 

यस्तै महासंघले कोरोनाको असरका कारण रोजगारी गुमाउन र लामो समयदेखि बेतलबी बिदामा बस्न बाध्य बनाइएका श्रमजीवी पत्रकारलाई लेखनवृत्तिसहितका वैकल्पिक कार्यक्रमहरुमार्फत राहत दिन आग्रह गरेको छ ।

यसैगरी महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरिरहेका सञ्चार माध्यमहरुलाई श्रमजीवी पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न आग्रह गरेको महासंघका महासचिव रमेश विष्टले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)