ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनका सबै क्षेत्र खोल्ने तयारी

२०७७ कार्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोरोना महामारीकै बीच कात्तिक १ गतेदेखि ट्रेकिङ र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको सरकारले पछिल्लो समय कोभिड–१९ महामारीकै बीच सबै क्षेत्र खुला गर्ने तयारी गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) स्थापनाको ४७औं वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनारमा महामारी यथावत् रहे पनि विस्तारै पर्यटन खोल्दै जानुको विकल्प नभएको बताएका छन् । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्नेगरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिए ।

पर्वतीय पर्यटनका लागि पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर नेपाल आउन सक्ने र छिट्टै कुवेतका राजकुमारको पनि नेपाल भ्रमणको तयारी भइरहको जानकारी उनले दिए । सरकारले यसअघि नै समूहमा नेपाल आउने पर्यटकका लागि अनअराइभल भिसा खुला गर्दै त्यस्ता पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानसहित मापदण्ड लागू गरेको थियो ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणको क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताए । यस्ता महामारी तथा कठिन परिस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न उनले आग्रह गरे ।

संघका महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएको भन्दै त्यसको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । यस्तै संघका सल्लाहकार गणेश गुरुङले एमएमएले ४७ वर्ष पूरा गरिसकेको सन्दर्भमा सरकारसँग सहयोग माग्ने भन्दा पनि आत्मनिर्भर हुनेतर्फ अग्रसर रहन सुझाए ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन राज्यले थप राहतका प्याकेज ल्याउनुपर्ने र समस्या पर्दा राहत दिन स्थायी कोषको आवश्यकता रहेको बताए । एनएमएले ५ हजार ८०० मिटरभन्दा कम उचाइका २७ ओटा हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ । त्यसभन्दा माथिका हिमालको भने पर्यटन विभाग मार्फत सरकार आफैले व्यवस्थापन गर्दै आएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न देशव्यापी साइकल यात्रा
कोभिड–१९ महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, स्वास्थ्य सचेतना फैलाउन सोमवारदेखि मेची–महाकाली साइकल यात्रा हुने भएको छ । पर्यटन प्रवद्र्धनको उद्देश्यले विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायी समेतको टोली सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार टोली कात्तिक १७ गते काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्नेछ । २१ दिन लामो साइकल यात्रा महेन्द्रनगर, ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हँुदै काकडभित्तासम्म हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)