ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्य ऐनविपरीत उत्पादन गर्ने उद्योगलाई कारबाही

२०७७ कार्तिक, २०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र खाद्य ऐन विपरीत वस्तु उत्पादन तथा बिक्री–वितरण गर्दै आएका कम्पनी कारबाहीमा परेका छन् । विभिन्न उद्योग तथा कलकारखाना अनुगमनका क्रममा ऐनविपरीत उत्पादन र बिक्री–वितरण गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले प्रदेशभित्र सञ्चालित विभिन्न उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको हो ।

खाद्य स्वच्छता मापदण्डविपरीतका उद्योगलाई कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए ।

‘हामीले कैलाली र कञ्चनपुरका २४ पानी उद्योगको अनुगमन गरेका थियौं’, उनले भने, ‘दुवै जिल्लामा गरी ऐनविपरीत उत्पादन गरी विक्री–वितरण गर्दै आएको पाइएपछि ९ उद्योग कारबाहीमा परेका छन्’, अधिकृत दाहालले भने ।अनुगमनका क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नभएका कैलालीका ५ तथा कञ्चनपुरका ४ उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कैलालीमा प्रशोधित पानी उद्योग कैलाली वाटर इन्डस्ट्रिज धनगढी, न्यू एभरेस्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डस्ट्रिज लम्की–चुहा, एनकेडीजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्की–चुहा र चिसो पेयपदार्थ उत्पादक अनुज एभरेस्ट उद्योग टीकापुर कारबाहीमा परेका हुन् । त्यस्तै, कञ्चनपुरमा प्रशोधित पानी उद्योगमा डेली ड्रिकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, कौशल कञ्चन मिनरल्स झलारी, ब्लू बर्ड वाटर ट्रिटमेन्ट एन्ड सप्लायर्स भीमदत्तनगर र शिवशंकर वाटर एन्ड मल्टी प्रोडक्सन भासी रहेका छन् । कैलाली वाटर इन्डस्ट्रिज धनगढी र कञ्चनपुरको डेली ड्रिङकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास प्रशोधित पानी उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि मापदण्ड सुधार नगरेसम्म सिलबन्दीसहित उत्पादन रोक्का गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)