ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुटखेती खुम्चियो : उद्योगहरू समस्यामा

२०७७ कार्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सरकारले जुटबालीलाई प्रोत्साहन नगर्दा जुटखेती खुम्चँदै गएको छ । जुटखेती घट्दै गएपछि यसको आयात पनि बढ्दै गएको छ ।

१५ ओटा बालीलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई मल, बीउ, औजार र प्रविधिमा अनुदान दिएर ती बालीको उत्पादन बढाउन लागेको छ । तर, झापा मोरङ र सुनसरीमा उत्पादन हुने जुटबालीलाई भने १५ ओटा बालीभित्र समेटिएको छैन ।

प्रदेश सरकारले जुटका लागि २ वर्षसम्म ब्लक सञ्चालन गर्न बजेट विनियोजन गरे पनि यो आर्थिक वर्षबाट त्यो शीर्षकमा बजेट विनियोजन बन्द गरेको छ । संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पनि पर्न नसक्नु र प्रदेश सरकारले पनि बजेटमा जुटबालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसक्दा कच्चा जुटमा परनिर्भता बढ्दै गएको छ ।

दुई दशक अघिसम्म ५६ हजार हेक्टरमा हँुदै आएको जुटखेती अहिले ११ हजार हेक्टरमा सीमित भएको छ । पहिले ८० हजार मेट्रिक टन जुट नेपालमा नै उत्पादन हुँदै आएकोमा अहिले २० हजार मेट्रिक टनमा झरेको छ । जुटको उत्पादन घट्दा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका पाँचओटा जुट उद्योग कच्चा जुटका लागि भारतसँग निर्भर रहनु परेको छ ।

पछिल्लो समय नेपाल जुट, विराटनगर जुटमिल, सीएम जुट, गुहेश्वरी टर्वाइन, पाथीभरा जुट र निक्की गरी ६ ओटा जुट मिल बन्द भएका छन् । अरिहन्त, रघुपति, बाबा, स्वास्तिक र चन्द्रशिव जुटमिल सञ्चालनमा छन् । जसले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।

किसानले खेती छाड्नुपर्ने बाध्यता एकातिर छ भने कच्चा जुट भारत र बंगलादेशबाट मगाएर नेपालमा जुटका विभिन्न वस्तु तयार गरी तिनै देशको बजारमा प्रतिस्पर्धामा उत्रनुपर्ने बाध्यताका कारण १ दशकमा ६ ओटा जुट मिल बन्द भएका छन् ।

जुट उत्पादन घट्नु, भारतमा नै जुटको मूल्य बढ्नु र कोरोनाका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा पछिल्लो समय तयारी जुटको निकासी घट्न थालेको छ । ११ ओटा जुट उद्योग रहेको सुनसरी मोरङमा अहिले पाँचओटा उद्योग मात्र सञ्चालनमा छन् । उद्योग बन्द हुँदै जानु र बन्दाबन्दीको कारण पछिल्लो समय उद्योगको उत्पादनमा ह्रास आउँदा वार्षिक रूपमा १ अर्ब रुपैयाँ बराबरको उत्पादन घट्दै गएको हो । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेको जुट उद्योगहरूले वार्षिक ८० हजार मेट्रिक टन जुटका तयारी सामग्रीहरू उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समय कोभिड १९ को महामारीका कारण निषेधाज्ञा र बन्दाबन्दी हुन थालेपछि उद्योगको उत्पादनमा ३० प्रतिशत गिरावट आएको छ, जसका कारण निकासीसमेत प्रभावित हुँदै आएको छ ।

नेपाल जुट मिल एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छाले सरकारले जुटखेतीलाई प्रोत्साहन हुने कार्यक्रम नल्याउँदा कच्चा जुटको उत्पादन घट्दै गएको छ र जुटमा भारतसँगको निर्भरता बढ्दै जाँदा उद्योगहरू धराशयी हुँदै गएका छन् । कोरोना महामारीका कारण जुट उद्योगहरू तीन सिप्mटबाट दैनिक दुई सिप्mट मात्रै सञ्चालन भइरहेका छन् । यसअघि २४ घण्टा जुट उद्योगहरू तीन सिफ्ट सञ्चालन हुँदै आएका थिए ।

गोल्छा सञ्चालक रहेको अरिहन्त जुट मिल र रघुपति जुट मिलमा ७ हजार मजदूरले सामान्य अवस्थामा काम गर्दै आएका थिए । हाल तीन सिफ्टबाट घटेर दुई सिफ्टमा मात्र उद्योग चलिरहेकाले एक सिप्mटका सबै जुट उद्योगका २३ हजार ३ सय मजदूर बेरोजगार बनेका छन् ।
जुटखेती खुम्चँदै जानु, कच्चा जुटको परनिर्भरता बढ्नु उद्योगहरू बन्द हुनुको कारण हो ।

भारतले लगाउने कर हट्न नसक्नु, नेपाल भित्रनै खाद्यान्नलगायतको प्याकिङमा र निर्माणका क्षेत्रमा समेत जुटको प्रयोग अनिवार्य गर्न नसक्दा जुट उद्योगहरू धराशयी हुँदै गएको गोल्छाले बताए ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अघिल्ला दुई आर्थिक वर्षमा जुटखेतीको ब्लक सञ्चालनका लागि बजेट विनियोजन गरे पनि त्यसको कार्यान्वयन नभएको र अहिलेको बजेटमा कोरोनाका कारण त्यसलाई समावेश गर्न नसकिएको बताए । जुटखेतीलाई कसरी प्रोत्सहन गर्न सकिन्छ भन्ने विषयमा आपूmले अध्ययन गरेर आगामी बजेटबाट यसलाई समेट्ने उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुनसरीका प्रमुख दीपेन्द्र पोखरेलले जोन र सुपरजोनका लागि छानिएका १५ ओटा बालीभित्र जुट नपरेको बताए । तर, स्थानीय सरकारले पकेट र प्रदेश सरकारले ब्लक सञ्चालन गर्ने कार्यविधि रहेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)