ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताप्लेजुङको मैवाखोलामा पर्यटन तथा पर्वतारोहण विषय अध्यापन शुरू

चासो राख्ने ठाउँमा पर्यटन विषयको पढाइ गरिने

२०७७ कार्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कात्तिक २५, काठमाडौं । सरकारले पर्यटनका लागि स्थानीयस्तरमा समेत दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन शिक्षाको आवश्यकता ठान्ने क्षेत्रमा पर्यटन पढाइ शुरू गर्ने भएको छ । सोहीअनुरूप ताप्लेजुङको मौवाखोलास्थित नेपाल नारायणी माविमा पर्यटन तथा पर्वतारोहण विषयको पठाइ शुरू गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उक्त विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मंगलवार शुभारम्भ गरे । विश्व पर्यटनका केन्द्रमध्ये नेपाल पनि एक भएकाले पर्यटन प्रवद्र्धनसँगै विकासका लागि हिमाल आरोहणमा चासो राख्ने विभिन्न क्षेत्रमा पर्यटन पढाइ शुरू गरिने मन्त्री भट्टराईले बताए ।

विश्वका ८ हजारभन्दा माथिका १४ ओटा हिमालमध्ये आठओटा नेपालमा रहेको भन्दै मन्त्री भट्टराईले हिमाल आरोहणका लागि वर्षेनि हजारौं मानिस नेपाल आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विषय अध्यापन शुरू गरिएको बताए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधाध्यापक गणेशबहादुर प्रसाईबीच कक्षा ११ र १२ मा पर्यटन विषय अध्यापनका लागि शनिवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन अनुभवी प्रशिक्षक उपलब्ध गराउने, पर्यटन तथा पर्वतारोहण विषयका पाठ्यक्रम र अध्ययन सामग्री उपलब्ध गराउने, आवश्यकता अनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने उल्लेख छ ।

यस्तै विद्यालयको तर्फबाट पर्यटन तथा पर्वतारोहण विषय कक्षा ११ र १२ मा अध्यापन गराउने, अध्यापन गराउन आउने शिक्षको व्यवस्थानपन, पुस्तकालय लगायतका सामग्री विद्यालय उपलब्ध गराउने सहमति भएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)