ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकको निक्षेपमा संकुचन

अधिक तरलता कायमै

२०७७ कार्तिक, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । आर्थिक वर्षको साढे ६ महीनामा बैंकहरूको कर्जामात्र होइन, निक्षेप संकलन पनि बढ्न सकेको छैन । पछिल्लो महीना वाणिज्य बैंकहरूको निक्षेपमा समेत संकुचन आएको छ ।

विगतका वर्षहरूमा दशैं सकिएपछि निक्षेप बढ्ने गरेकामा यसपटक भने खासै बढेन । कात्तिक २१ गतेसम्ममा बैंकहरूको निक्षेप १६ अर्बले घटेर ३६ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको छ । गत असोज महीनामा १ खर्ब ५९ अर्ब रुपैयाँले निक्षेप बढेर कुल निक्षेप ३६ खर्ब ५४ अर्ब रुपैयाँसम्म पुगेको थियो । गत आव २०७६/७७ को कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेप अर्ब रुपैयाँ वृद्धि भएको थियो ।

चालू आवको शुरूदेखि नै विगतका वर्षहरूझैं बैंक तथा वित्तीय संस्थाबाट थप नयाँ कर्जा प्रवाह पनि हुन सकेन । गत असोजमा ३० खर्ब ३५ अर्ब रुपैयाँसम्म कुल कर्जा प्रवाह भए पनि कात्तिक २१ गतेको बीचमा यस्तो कर्जा प्रवाह घटेको छ । कात्तिक तेस्रो सातासम्म ४ अर्ब रुपैयाँ कर्जा प्रवाहमा संकुचन आई यस अवधिसम्म कुल कर्जा रू. ३० खर्ब ३१ अर्ब रुपैयाँमा सीमित रहेको नेपाल बैंकर्स संघले बताएको छ ।

होटेल, उद्योग व्यवसायलगायतबाट कर्जाको माग नहुँदा बजारमा २ खर्बभन्दा बढी तरलताको स्थिति आएकोसमेत सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले करीब २ खर्ब रुपैयाँ बराबरको पुनर्कर्जा उपलब्ध गराउने प्रक्रियामा रहेकाले यसबाट बैंकमा तरलता झनै थपिने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको भनाइ छ । यसले गर्दा निक्षेपको ब्याजदर अभैm घट्ने र कर्जामा पनि घट्नसक्ने उनको अनुमान छ ।

यता बैंकरहरूले पनि तरलता व्यवस्थापनको लागि सुझाव दिएको बताउँदै सीईओ अधिकारीले भने, ‘आप्mनो कोर क्यापिटलको ३० प्रतिशतसम्म एनडीएफमा (नन डेलिभर फरवार्ड कन्ट्र्याक्ट) मा लगाउन पाउने व्यवस्था छ ।

यो विदेशी बैंकहरूमा स्थानान्तरण गर्न सकिने प्रणाली हो । कमसे कम पूँजीकोष (कोर क्यापिटल)को बराबर हुनेगरी ३० प्रतिशतको सिलिङलाई बढाउन अनुरोध गरिरहेका छौं । त्यो भइदिए बैंकहरूसँग आइडल बसेको केही पैसा त्यसमा लगानी गर्न सकिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)