ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थापनाको दशकपछि सुप विश्वविद्यालयको केन्द्रीय कार्यालय आफ्नै भवनमा

२०७७ कार्तिक, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापनाको एक दशकपछि आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । २०६७ सालमा स्थापना भएको उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय यसअघि भाडाको भवनमा सञ्चालित थियो । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रमा एकतले पक्की भवन निर्माण गरी विश्वविद्यालयले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको हो । बुधवार नयाँ भवनको उद्घाटनसँगै केन्द्रीय कार्यालय सरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्द विष्टले औपचारिक रूपमा पक्की भवनमा कार्यालय सरेको बताए । ‘विगतमा भाडाका भवनमा बस्दै आएका थियौं,’ उनले भने, ‘अब आफ्नै भवन निर्माण भएको छ ।’ ३५ कोठा, २ बैठक कक्षसहितको एकतले भवन १३ करोड लागतमा निर्माण भएको हो । यसअघि मासिक ६५ हजार रुपैयाँ भाडामा भवन लिएर प्रशासनिक कार्यालय सञ्चालन गरिएको थियो ।

आफ्नै भवन निर्माण भएपछि दैनिक प्रशासनिक कामकाज सहज हुने रजिस्ट्रार विष्टले बताए । अहिले एकतले उक्त भवनमा निकट भविष्यमै तीन तला थपिने जानकारी उनले दिए । विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले प्रशासनिक भवनसँगै आवास गृह बनाइने बताए । यस्तै बीएससी हर्बल साइन्स लगायत शैक्षिक कार्यक्रम सञ्चालनको योजना समेत अघि सारिएको जानकारी उनले दिए । ‘थप कार्यक्रम सञ्चालन गर्छौं,’ उनले भने, ‘भविष्यमा पूर्वाधारका क्षेत्र विस्तार गरेर योजना अघि बढाउँछौं ।’ तत्कालीन नगर विकास समितिबाट १२ बिगाहा जमीन लिएको विश्वविद्यालयको ५ बिगाहा सालघारी र ७ बिगाहा जमीन निम्बुखेडा क्षेत्रमा रहेको छ । विश्वविद्यालयले आफ्नै भवनमा प्रशासनिक भवन निर्माण गरेसँगै विश्वविद्यालय प्राध्यापक तथा कर्मचारी उत्साहित भएका छन् । विश्वविद्यालयका उपप्रशासक गोविन्दवल्लभ पन्तले भवन निर्माणसँगै प्रशासनिक कामकाजमा धेरै सहज हुने अपेक्षा गरे । ‘विगतमा एकै कोठामा दुई–तीन जनाले अप्ठ्यारोसँग काम गर्नुपथ्र्यो,’ ‘उनले भने, ‘अब यो अवस्था आउँदैन ।’ अहिलेका लागि प्रशासन र सेवा आयोगका कार्यालय हुने र दोस्रो तला बनिसकेपछि परीक्षा नियन्त्रक कार्यालय समेत विस्तार हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)